AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पितृशोकको काम सकेर एमाले मोरङ ६ का उम्मेदवार विनोद ढकाल चुनावी अभियानमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०८२, बुधबार ०८:१३
90
Shares
विराटनगर / पितृशोकको १३ दिने काम सकेर नेकपा(एमाले) मोरङ ६ का उम्मेदवार रहेका विनोद ढकाल मंगलबारदेखि पुनः चुनावी अभियानमा निस्किएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सेतै वस्त्र लगाएर ढकाल पुनः मतदाताको बीचमा फर्किएका हुन् । १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधनपछि कोरामा बसेका उनी संस्कार र धार्मिक विधि अनुसारको काम सकिएको भोलिपल्टै सेतो कपडामा चुनावी दौडधुपमा सक्रिय भएका हुन् ।

आफ्नो चुनावी अभियानलाई तीव्र पारिरहेका बेला माघ २९ गते बुवाको निधन भएपछि ढकाल सार्वजनिक कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । कोरामै बसेर उनले चुनावी तयारीलाई निरन्तरता दिएका थिए । फागुन ३ गते क्षेत्रगत विकास, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका उनले मतदातालाई भावुक पत्रसमेत पठाएका थिए । ‘शरीर घरमै भए पनि मन तपाईं ९मतदाता०हरुसँगै छ,’ भन्ने सन्देशमार्फत उनले आफू प्रत्यक्ष उपस्थित हुन नसकेको अवस्था र बाध्यताका बारेमा मतदातालाई जानकारी गराएका हुन् ।उनका बुवाको १३ दिने किरिया सोमबार सकिएको छ । बर्खान्त बारेका उनले भोलिपल्टै अभियानमा होमिएर मंगलबार एकैदिन विराटनगर महानगरपालिका–४, ५, ६ र ११ का १७ स्थानमा कार्यक्रम तय गरेका छन् । आइतबारे, जामुनगाछी, पुलचोक, चाँदनी चोक, अरुण चोक, स्वागत चोक, नहर चोक, ब्रह्मपुरा चोक, कन्चनबारी, राजवंशी चोक, ढाट, खार्जी, बस्ता टोल, इक्राही, दावाबन्दी लगायतका स्थानमा कोणसभा, घरदैलो र मतदाता भेटघाटका कार्यक्रम तीव्र रुपमा चलाएका छन् ।

बिहानैदेखि सक्रिय ढकालले निर्धारित कार्यक्रमहरु भ्याइरहेका छन् । दुई साता अलिनो ९नुन बिनाको० खाना खाएर कोरामा बसेका ढकाल अहिले चुनावी धपेडीमा छन् । सेतो कपडामै कार्यक्रममा सहभागी भइरहेका उनले जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । विराटनगरको कोचाखालमा मंगलबार बिहान आयोजित कार्यक्रममा उनले अब आफू मतदाताको बीचमै रहेर चुनावी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

ढकालले आफू चार दशकभन्दा बढी समयदेखि यस क्षेत्रको जनजीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै स्थानीय समस्या र आवश्यकताका बारेमा जानकार रहेको बताए । ‘४०–४२ वर्षदेखिको मेरो भूगोल यही हो । सबै समस्याका बारेमा थाहा छ । समाधान कसरी खोज्ने भन्ने एजेन्डा पनि मसँगै छ,’ उनले भने, ‘ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्नुहोस् । क्षेत्रगत विकासको जिम्मा एमालेले लिन्छ ।’उनका बुवाको १३ दिने किरिया सोमबार सकिएको छ । बर्खान्त बारेका उनले भोलिपल्टै अभियानमा होमिएर मंगलबार एकैदिन विराटनगर महानगरपालिका–४, ५, ६ र ११ का १७ स्थानमा कार्यक्रम तय गरेका छन् । आइतबारे, जामुनगाछी, पुलचोक, चाँदनी चोक, अरुण चोक, स्वागत चोक, नहर चोक, ब्रह्मपुरा चोक, कन्चनबारी, राजवंशी चोक, ढाट, खार्जी, बस्ता टोल, इक्राही, दावाबन्दी लगायतका स्थानमा कोणसभा, घरदैलो र मतदाता भेटघाटका कार्यक्रम तीव्र रुपमा चलाएका छन् ।

बिहानैदेखि सक्रिय ढकालले निर्धारित कार्यक्रमहरु भ्याइरहेका छन् । दुई साता अलिनो ९नुन बिनाको० खाना खाएर कोरामा बसेका ढकाल अहिले चुनावी धपेडीमा छन् । सेतो कपडामै कार्यक्रममा सहभागी भइरहेका उनले जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । विराटनगरको कोचाखालमा मंगलबार बिहान आयोजित कार्यक्रममा उनले अब आफू मतदाताको बीचमै रहेर चुनावी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

ढकालले आफू चार दशकभन्दा बढी समयदेखि यस क्षेत्रको जनजीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै स्थानीय समस्या र आवश्यकताका बारेमा जानकार रहेको बताए । ‘४०–४२ वर्षदेखिको मेरो भूगोल यही हो । सबै समस्याका बारेमा थाहा छ । समाधान कसरी खोज्ने भन्ने एजेन्डा पनि मसँगै छ,’ उनले भने, ‘ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्नुहोस् । क्षेत्रगत विकासको जिम्मा एमालेले लिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर