एभरेष्ट कप बास्केटबलमा होलिल्याण्ड धरान र पौडीमा कृतिक कार्की प्रथम

खबर पूर्वाञ्चल, २४ असार २०७९, शुक्रबार १७:११
144
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा आज सम्पन्न एभरेष्ट कप बास्केट बल प्रतियोगितामा सुनसरी धरानकै विद्यालयले तीनवटै उपाधि जितेका छन् ।

विराटनगर बास्केटबल संघले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा धरानको होलिल्याण्ड इन्टरनेशनल स्कुल प्रथम भएको छ । द्धित्तिय र तृतिय पनि क्रमशः धरानकै चिल्ड्रेन एकेडेमी र डिपोट सेकेण्डरी स्कुल भएका छन् । विजेता टीमहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित कप र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा इटहरी, धरान, विराटनगर र विर्तामोडका गरि १२ वटा विद्यालयले भाग लिएका थिए । यसैबिच आजै सम्पन्न एभरेष्ट कप पौडी प्रतियोगितामा कृतिक कार्की प्रथम भए । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै एभरेष्ट कलेजले आयोजना गरेको पौडी प्रतियोगितामा कृतिक उत्कृष्ट खेलाडि हुँदै नगद ७ हजार सहित मेडल प्राप्त गरे भने राज कार्कीले नगद ५ हजार र मेडल प्राप्त गरेका छन् । त्यस्तै तृतिय हुँदै अभियान बुढाथोकीले नगद ३ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत खेलाईएका ५० मिटर, १०० मिटर र २०० मिटरको फ्रि–स्टाईलका स्पर्धा गराइएको थियो । जस अन्तर्गत ५० मिटरमा कृतिक कार्की प्रथम, मयक मलू दित्तिय र राज कार्की तृतिय भने भने, १०० मिटर स्पर्धामा राज कार्की प्रथम, कृतिक कार्की द्धित्तिय र क्षितिज चौधरी तृतिय भए। २०० मिटरको स्पर्धामा कृतिक कार्की प्रथम, अभियान बुढाथोकी द्धित्तिय र राज कार्की तृतिय हुनुभएको थियो । ६० जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको सम्पूर्ण स्पर्धाको मूल्याङ्कनबाट कृतिक प्रथम, राज द्धित्तिय र अभियान तृतिय भएको पौडी प्रतियोगिताको संयोजक समेत रहेका प्रशिक्षक इन्द्रराज भण्डारीले जानकारी दिए ।

बास्केटबल प्रतियोगिताको मुख्य प्रायोजन एभरेष्ट कलेजले गरेको हो भने फुड पार्टनरमा एम्स कलेज रहेका थिए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, कलेजका अध्यक्ष, विनोद ढकाल, क्याम्पस प्रमुख टिकाराम पुरी, प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बालगायतले पुरस्कार वितरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय समिति मोरङका प्रमुख गौतमले एभरेष्ट कलेजले अध्ययनका साथै अतिरिक्त कृयाकलापका लागि समेत गरेको लगानीको प्रशंशा गरे। एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले काठमाडौं उपत्यका बाहिर अझ विशेषगरि मोरङमा पनि बास्केटबलको प्रवद्र्धन गर्न एभरेष्टले लगानी गरेको बताए। उनले यो कार्यलाई निरन्तरता दिने समेत बताए। कार्यक्रमका बिच विद्यालयका बालबालिका विभिन्न सांगितिक कार्यक्रम समेत प्रस्तुत गरेर उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५