RUMPUM
animated ellipse animated ellipse

सहकारीका लागि सूचना प्रणालीलाई व्यवस्थित गर्ने तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०८०, मंगलवार २०:२५
189
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले सहकारीहरुको सूचना प्रणालीलाई व्यवस्थित गर्ने तालिम सञ्चालन गरेको छ ।

विराटनगर महानगरपालिकाको अनुगमन क्षेत्राधिकारभित्र रहेका सहकारीलाई लक्षित गरी सञ्चालित तीनदिने तालिमको आज समापन गरिएकोको छ ।

महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षता तथा कार्यबाहक मेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिममा सहकारीको संस्थागत क्षमता वृद्धिसँगै पारदशिता कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने कार्यबाहक मेयर कार्कीले बताइन् । उनले सूचना प्रणालीलाई व्यवस्थित गर्न सकिए सहकारीको कारोबारसमेत पारदर्शी हुने उल्लेख गरिन ।

नेपाल सरकारले अनिवार्य गरेको प्रणाली भएकाले सबै सहकारीले सूचना प्रणालीलाई कार्यान्वयन गर्नुपर्नेमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जोड दिए । उनका अनुसार यो प्रणालीमा आबद्ध नभएसम्म कर कार्यालयमा समेत कर बुझाउन मिल्दैन । सहकारी विज्ञ मनोज कार्कीले सहजीकरण गरेको तालिमामा महानगरपालिकाको अनुगमन क्षेत्राधिकारभित्र रहेका ४२ वटा सहकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार