विराटनगरमा १७६ सहित प्रदेश १ मा थपिए ६७३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १६ हजार नाघ्यो

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७८, बिहीबार १९:०४

विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरमा १७६ सहित प्रदेश १ मा आज ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा थपिएका १७६ जना मध्ये ७५ महिलार १०१ पुरुष रहेका छन् । त्यस्तै बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीयतहनखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीयतहनखुलेका ६, झापाको कमलगाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीयतहनखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

उता धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीयतहनखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीयतहनखुलेका १–१, इलामको माईजोगमाईमा १०, इलामनगरपालिका र चुलाचुलीमा१–१, पाँचथरको मिक्लाजुङमा७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीयतहनखुलेका १, ते¥हथुमको लालीगुराँसमा१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । आज २१९जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५