खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत १ का २० बर्षीय लक्ष्मणकुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुनकुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई उनीहरुको शरिर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैया १२५०, र भारतका विभिन्न बैंकका एटिएम कार्ड समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।