खबर पूर्वाञ्चल
विराटनगर ११ पन्चमुखीचौकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् ।
प्रतिनिधी सभाको निर्वाचनमा इन्धन, चुनाव प्रचारप्रसारलगायतमा जम्मा ३ लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको उनले बताए । आफुले प्रतिनिधी सभाको निर्वाचमा आएको मतको सम्मान गर्ने बताए । ‘म प्रति मोरङ क्षेत्र नम्बर ६ का मतदाताले दिनुभएको मतको सधै सम्मान गर्नेछु,’ उनले भने, ‘यहाँको जनताको सेवामा सधै भरी लागी पर्नेछु । मलाई मतदान गर्नुहुनु हुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु ।’
मोरङ क्षेत्र नं. ६ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोइराला प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ । रास्पाका उम्मेदवार प्रधानले ९ हजार १४० मत पाएका छन् ।