animated ellipse animated ellipse

सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७९, मंगलवार १८:०३
270
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले महानगरलाई सफाई, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिएको छ ।

नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको छ । नगर प्रहरी र सफाईका कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर्माण सामग्री हटाउन सुरु गरेका हुन् ।

सरसफाई शाखा र नगर प्रहरीको समन्वयमा मंगलबारदेखि विराटनगरका विभिन्न सडक किनार र फुटपाथमा राखेका सामग्री हटाउन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–८ स्थित धर्मबाँध रोडमा राखिएका बालुवा, गिट्टी, इँटा, टाली हटाइएको छ । महानगरको जेसीवीले ट्रयाक्टर र ट्रकमा राखेर महानगरले फुटपाथबाट निर्माण सामग्री उठाएको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर कोइरालाले बताए । उनले सबैको साथ र सहयोगले विराटनगर सफासँगै व्यवस्थित बनाउने दाबी गरे ।

“विराटनगरलाई सफा र व्यवस्थित बनाउने महानगरको अभियानमा हामी कसैसित पनि सम्झौता गर्दैनौं,” मेयर कोइरालाले भने, “यो अभियानमा महानगरवासीको पूर्ण साथ रहन्छ पक्कै ।”

निर्माण सामग्री हटाउन महानगरले सार्वजनिक सूचनासँगै पटक–पटक माइकिङसमेत गरिसकेको छ । महानगरको सूचनालाई बेवास्ता गरेर आवतजावतलाई नै असर पर्ने गरी राखिएका निर्माण सामग्री हटाइएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर