animated ellipse animated ellipse

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०७८, बुधबार १६:२९
225
Shares
विराटनगर / प्रदेश १ मा आगामी फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ ।

प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनकालागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो ।

प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो ।

नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बन्धन गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको हो । छलफलका क्रममा सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सञ्चार विद्येकले प्रदेश भित्रका सञ्चार माध्यम र सञ्चारकर्मीलाई व्यवस्थित र परिपक्व बनाउनकालागि सरकारले विधेयक ल्याउन लागेको जानकारी दिए ।

मन्त्रालयका कानून उपसचिव गणेश नायकले वाग्मती प्रदेश सरकारको सञ्चार विद्येकका आधारमा प्रदेश १ सरकारले विद्येकको तयारी गरेको बताए । छलफलमा सहभागी सञ्चारकर्मी तथा सञ्चार संस्थाका प्रतिनिधिले प्रदेश सरकारले संविधानमा टेकेर प्रेस स्वतन्त्रतालाई अङ्कुशन लगाउने गरी विद्येक ल्याउनु पर्नेमा जोड दिएका छन् ।

विद्येकमा ग्रामीण पत्रकारिता, लोकक ल्याणकारी विज्ञापन, प्रेस प्रतिनिधि कार्ड, सम्चारकर्मीलाई लेखन बृत्ति तथा प्रोत्साहन, महिला पत्रकार सशक्तीकरण, आदिवासी जनजातिलगायतका सवाललाई जोड दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर