विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताएका छन् ।
मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय महिलावादी मञ्च–२०८० सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको हुनाले सोही अनुसार आफु यहाँ बोलिरहेको प्रष्ट पारे ।
मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिको पाइला चाल्न आफु तयार रहेको बताउँदै जनताको मन मस्तिक आफु गाडिएकोले चाँडै पदबाट नहटने बताए । उनले सरकार प्रदेशको मानवीय सुचाङक बढाउने कार्यमा लागि परेको बताउदै यो सरकारले अन्य छ वटै प्रदेशका सरकारको यस विषयमा नेतृत्व लिने दावी समेत गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका अव रकमको अभावमा उपचार नपाएर मृत्यु हुनै छैन भन्दै यसका लागि वाटो, सामुदायिक भवन लगायत जस्ता कार्यको बजेट कटौती रकमको जोहो गरेको प्रष्ट पारे । उनले विभद रहित समाज निर्माण गर्न महिलाहरुलाई अगाडि आउनु पर्नेमा जोड दिदै यस कार्यमा सरकार साथ रहने प्रतिवद्धता समेत व्यक्त्त गरे ।
दुई दिने उक्त्त सम्मेलनमा प्रदेश सभाका महिला सदस्यहरु, प्रदेशका १४ जिल्लाका उपप्रमुखहरु, सञ्जालका प्रतिनिधिहरु, मानवअधिकारवादी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया