खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साहलाई बुधबार राती मोरङ प्रहरीले पक्राउ गरेको हो ।
भारतीय मोटरसाइकलमा सवार रहेका साहलाई विराटनगर–१० बाट राति ८ः३० बजेतिर पक्राउ गरिैको मोरङ प्रहरी प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए । बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको उनले बताए । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
पक्राउ परेका साहले बरामद गरिएको रकमको स्रोत खुलाउन नसकेको मोरङ प्रहरीले जनाएको छ ।
बरामद गरेको रकम र नियन्त्रणमा लिएको मोटरसाइकलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ ।