AArya
animated ellipse animated ellipse

एभरेष्ट अन्तर हाउस फूटबल प्रतियोगिता सुरू, पहिलो दिन तीन खेल सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०८०, मंगलवार १९:३८
162
Shares
विराटनगर / विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि अन्तरहाउस फुटबल प्रतियोगिता सुरू भएको छ ।

आज दिउँसो उद्घाटन भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । स्काउटको मार्छ पास, नृत्य प्रस्तुति पछि उद्घाटन भएको प्रतियोगितामा आज तीन वटा खेल भएका छन् ।

विद्यालयका अध्यक्ष विनोद ढकालले रेफ्रीलाई बल दिएर उद्घाटन भएको पहिलो खेल कक्षा ३, ४ र ५ को मेची र गण्डकी हाउस बिच भएको थियो ।

जस्मा गण्डकी हाउड विजयी भएको छ । निर्धारित समयम दुबै टीम १-१ गोलको बराबरीमा रोकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा गण्डकीले ४ गोल गर्दा मेचीले २ गोल गर्‍यो । उक्त खेलको म्यान अफ द म्याच प्रशन्नदीप मंग्रान्ती भए ।

दोस्रो कोशी र कर्णाली हाउस बिचको खेलमा कोशी विजयी भयो । निर्धारित समयमा दुवै टीम गोलरहित बराबरीमा रोकिएपछि निर्णय टाईब्रेकरबाट गरियो । जस्मा कोशी हाउसले ४ र कर्णालीले २ गोल गरे । उक्त खेलको म्यान अफ द म्याच कोशीका गोलरक्षक ओस्कर पुरी भए।

यस्तै आजै कक्षा ६ र ७ बाट कोशी र मेची हाउस बिचको खेलमा मेची विजयी भएको छ । उक्त खेलमा १ मात्र गोल मेचिका तर्फबाट रोचक नेपालले गरे । उक्त खेलको म्यान अफ द म्याच रोचक नेपाल नै घोषित भए ।

प्रतियोगिता अन्तरगत भोलि कक्षा ६ र ७ को कर्णाली र गण्डकी, कक्षा ८ र ९ को कोशी र गण्डकी तथा मेची र कर्णाली बिच हुनेछ । यस्तै छात्रा तर्फ कक्षा ७,८ र ९ बाट दुई टीमले प्रतिष्पर्धा गर्नेछ्न । फाईनल खेल भने २५ गते हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर