RUMPUM
animated ellipse animated ellipse

कार्यबाहक मेयर कार्कीद्वारा योगमायाको शालिक अनावरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ आश्विन २०८०, बिहीबार १८:५४
216
Shares
विराटनगर / विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ ।

शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आज एक समारोहका बीच अनावरण गरिन् । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताइन् । उनले योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको उल्लेख गरिन् ।

कार्यक्रममा कार्यबाहक मेयर कार्कीले योगमाया परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताइन् । उनले अझै पनि समाजमा लैंगिक, जातीयलगायतका विभेदहरु कायमै रहेको चर्चा गरिन् । “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन,” कार्कीले भन्नुभयो, “हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।”

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे । वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारी अरुण नदीमा जलसमाधी लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर