AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगरको अध्यक्षमा ढकाल समुह गिरी विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ बैशाख २०८२, शुक्रबार ०६:२५
1.17k
Shares
विराटनगर / नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा ढकाल समुहका वलराम गिरी(नविन) विजयी भएका छन् ।

आज विहान सम्पम्न भएको मतगणनामा गिरीले अ‍ोली समुहका राहित कोइरालालाई ५२ मतान्तरले पराजित गरे । गिरील १सय ७३ मत ल्याउँदा कोइरालाले १ सय २१ मत ल्याए । कोइराला निवर्तमान संगठन कमिटीका अध्यक्ष र गिरी सचिव थिए ।

त्यस्तै उपाध्यक्षमा ढकाल समुहका सुरज न्योपानेले १ सय ४५ मत ल्याई विजयी भएका छन् भने ओली समुहका राम पोखरेलले १ सय ३६ मत ल्याए ।

त्यस्तै सचिवमा ढकाल समुहका विज्ञान शर्मा चापागाईले १ सय ८३ मत ल्याई विजयी हुँदा नवराज काफ्लेले १ सय ४ मत ल्याए । उप–सचिव(महिला)मा हेमा मैनाली पोखरेलले १ सय ६९ मत ल्याई विजयी हुँदा प्रेमकला डाँगीले १ सय ११ मत ल्याइन् भने उप–सचिव(पुरुष) हमिद आजादले १ सय ७८ मत ल्याएर वियजी भए भने चन्द्रशेखर विश्वासले ७८ मत ल्याए ।

चुनाव भएको सवै सदस्य गिरी समुहको विजयी भएको निर्वाचित अध्यक्ष गिरीले जानकारी दिए ।

यसअघि महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

अधिवेशनमा ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका थिए । महानगर अधिवेशन वैशाख २ गते नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा उद्घाटन भएको थियो । बन्द शत्र पनि सोही स्थानमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर