खबर पूर्वाञ्चल
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ मोरङको विराटनगरमा आज भएको १६ औं अधिवेशन तथा बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न मन्त्रालय सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री उप्रेतीले चाँडै मन्त्रिपरिषदबाट निर्णय गराई व्यवसायीक उद्देश्यले वन जङ्गल भित्र सडेगलेको, ढलेको काठ निकाल्ने व्यवस्था गर्ने समेत बताए ।
मन्त्रालयका सचिव विशाल घिमिरेले समृद्धिको आधार बन क्षेत्र भएकोले वन पैदावरको उपादकत्वकमा विविधकरणगर्न व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने बताए । संघका अध्यक्ष विजयकुमार कार्की,उपाध्यक्ष डिल्लीराम तिम्सिना,पूर्व अध्यक्ष दिनेश सुवेदी, केन्द्रीय सदस्य नारायणकुमार श्रेष्ठ,डिभिजन बन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरे लगायतले सरकारी कार्यालयमा कडा प्रजातिका काठको प्रयोग अनिवार्य गर्न र निजी क्षेत्रले वन संरक्षणमा उत्तरदायी भूमिका निभाउनु पर्ने सुझाव दिए ।
सो अवसरमा मन्त्री उप्रेतीले संघका पूर्व सदस्य खगेन्द्रप्रसाद गौतमलाई सम्मान गरे । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाईएको छ ।