विराटनगर / नेपालको उदयमान महिला फुटबल खेलाडी सरु लिम्बू पथरीशनिश्चरेमा सम्मानित भएकी छिन् ।
लिम्बूलाई आफ्नै घर पथरीशनिश्चरे–४ मा रहेको महिला फुटबल क्लबले सम्मान गरेको हो । छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचना बनाउन सफल भएको हुँदा क्लबले सम्मान गरेको हो ।
लिम्बूले आफ्नो खेल शैली उत्कृष्ट प्रदर्शन गर्दै छोटो समयमै राष्ट्रिय टोलीमा पर्न सफल भएकी थिइन् । विराटनगरमा दुई वर्षघि आयोजना भएको महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानको महिला लिगमा आवद्ध भएकी सरुलाई क्लबले सम्मान गरेको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा)का सह–महासचिव वसन्त अर्यालले सम्मान गरेका थिए । कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल, वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको सहभागिता थियो ।
महिला टोलीकी अर्की राष्ट्रिय खलाडी मनमाया लिम्बूलाई क्लबले मायाको चिनो प्रदान गरेको थियो । क्लबकी टिम मेनेजर जमुना आले मगरको सक्रियतामा आयोजना भएको कार्यक्रममा क्लबका प्रशिक्षक विक्रम धिमाल, विराटनगर महानगरपालिका–१ वडाध्यक्ष उद्धव अर्याल, राष्ट्रिय टोलीका पूर्वडिफेन्डर तथा प्रशिक्षक पारस चौधरी, पूर्व खेलाडीद्वय संजीव बुढाथोकी र दीपक राईलगायतको उपस्थिति रहेको थियो ।
सरुले अन्डर–१८ र १९ टिमको कप्तानी गरिसकेकी छन् । सो कार्यक्रममा विराटनगर–१ का वडाध्यक्ष उद्धव अर्याल र एन्फाका सह–महासचिव वसन्त अर्यालले विभिन्न खेलकुद सामग्री क्लबलाई प्रदान गरे ।
तपाईको प्रतिक्रिया