पूर्वाञ्चल खबर
लिम्बूलाई आफ्नै घर पथरीशनिश्चरे–४ मा रहेको महिला फुटबल क्लबले सम्मान गरेको हो । छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचना बनाउन सफल भएको हुँदा क्लबले सम्मान गरेको हो ।
लिम्बूले आफ्नो खेल शैली उत्कृष्ट प्रदर्शन गर्दै छोटो समयमै राष्ट्रिय टोलीमा पर्न सफल भएकी थिइन् । विराटनगरमा दुई वर्षघि आयोजना भएको महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानको महिला लिगमा आवद्ध भएकी सरुलाई क्लबले सम्मान गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का सह–महासचिव वसन्त अर्यालले सम्मान गरेका थिए । कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल, वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको सहभागिता थियो ।
महिला टोलीकी अर्की राष्ट्रिय खलाडी मनमाया लिम्बूलाई क्लबले मायाको चिनो प्रदान गरेको थियो । क्लबकी टिम मेनेजर जमुना आले मगरको सक्रियतामा आयोजना भएको कार्यक्रममा क्लबका प्रशिक्षक विक्रम धिमाल, विराटनगर महानगरपालिका–१ वडाध्यक्ष उद्धव अर्याल, राष्ट्रिय टोलीका पूर्वडिफेन्डर तथा प्रशिक्षक पारस चौधरी, पूर्व खेलाडीद्वय संजीव बुढाथोकी र दीपक राईलगायतको उपस्थिति रहेको थियो ।
सरुले अन्डर–१८ र १९ टिमको कप्तानी गरिसकेकी छन् । सो कार्यक्रममा विराटनगर–१ का वडाध्यक्ष उद्धव अर्याल र एन्फाका सह–महासचिव वसन्त अर्यालले विभिन्न खेलकुद सामग्री क्लबलाई प्रदान गरे ।