दमक मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता फाइनलमा

खबर पूर्वाञ्चल, ७ आश्विन २०७९, शुक्रबार १८:३७
171
Shares
विराटनगर / दमक–लखनपुर भेट्रान्स क्लब झापा विराटनगरमा जारी प्रदेश १ स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा भरौल भेट्रान्स क्लब सुनसरीलाई २–० गोलले हराउँदै दमक फाइनलमा पुगेको हो ।

जितसँगै दमकलले शनिबार हुने मर्निङ्ग भेट्रान्स क्लब हाटखोला र आयोजक मिल्स भेट्रान्स क्लब ‘क’ विराटनगरको बिजेता टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म गोल रहित खेल बराबारी भएको थियो । दोस्रो हाफदेखि दबावमा राखेको दमकले ३७ औं मिनेटमा सुवास आङथुपोले गोली गरी सुरूवाती अग्रता दिलाए । खेलको ५३ औं मिनेटमा देउमान लिम्बुले डिबक्स भित्रबाट गोली गरी २–० गोलले दमकलाई जित दिलाउन सफल भए ।

प्रतियोगिताको म्यान अफ द म्याच दमकका रमेश बस्नेत घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार विराटनगरका युवा व्यवसायी मनोज बिक्रश शाहले बितरण गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५