AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एक होटलमा मेनपावर व्यवसायी मृत भेटिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० श्रावण २०८१, बिहीबार ०९:२५
1.19k
Shares
विराटनगर / विराटनगरमा एक जना मेनपावर व्यवसायी मृत भेटिएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका -६ घर भएका २८ बर्षिया राजिव फुयाल आज विहान विराटनगर ११ नयाँ गुद्री अगाडिको जय नेपाल होटलमा मृत भेटिएका हुन् ।

होटलको १०८ नम्बर कोठामा भुन्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटना स्थलमा वडा प्रहरि कार्यलय विराटनगरका डिएसपीको नेतृत्वको टोलि अनुसन्धानको लागि पुगेको छ ।

मृतक फुयाल लामो समयदेखि मेनपावर संचालन गरेर बसेको बुझिएको छ । उनले आज भारत हुँदै २५ जना युवालाई डेन्मार्क पढाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने बिदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।

आज विहान युवाहरू बिच नआएपछि खोज्दै होटलमा पुग्दा उनी मृत भेटिएका हुन् । एक जनाबाट उनले ७ लाख लाग्ने बताएका थिए । विदेश पढाउनुभन्दा अगाडि एक जनाबाट १ लाख पचास हजार लिएका थिए । बाकी रकम विदेश पुगेपछि दिने भनिएको मुकेशकुमार पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर