AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङ ६ मा पूर्वमन्त्री पण्डितसहित ७ जनाको नाम सिफारिस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०८२, आईतवार १८:०८
1.69k
Shares
विराटनगर / नेकपा एमाले मोरङ क्षेत्र नं ६ क्षेत्रिय समन्वय कमिटीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पूर्वमन्त्री लालबाबु पण्डितसहित ७ जनाको नाम सिफारिस गरेको छ ।

आज विराटनगरमा सम्पन्न कमिटीको दोस्रो पूर्ण बैठकले आसन्न निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको हो।

बैठकले पूर्वमन्त्री पण्डितसहित पर्शुराम बस्नेत, विनोद ढकाल, सत्यनारायण चौधरी, भूराज राई, यसोधा अधिकारी र रिता न्यौपानेको नाम सिफारिस गरेको कमिटीका सह(संयोजक एवम् मोरङ जिल्ला कमिटी सदस्य सुरज श्रेष्ठले जानकारी दिए।

कमिटीले सिफारिस गरेको मध्ये पूर्वमन्त्री पण्डित सोही क्षेत्रको पूर्वसांसद हुन् भने एमाले केन्द्रीय सदस्य बस्नेतले प्रदेश खेलकुद विकास बोर्ड, कोशीको संस्थापक सदस्य(सचिवको रुपमा काम गरिसकेका छन्। बस्नेत गत प्रदेशसभा निर्वाचनमा क्षेत्र नं ६ (ख) मा झिनो मतान्तरले पराजित भएका थिए ।

त्यस्तै, एमाले पूर्व केन्द्रीय सदस्य ढकाल गत प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नं ४ बाट पराजित भएका थिए भने पूर्व प्रदेश कमिटी सदस्य चौधरी गत प्रतिनिधि सभा निर्वाचनमा एमालेको समानुपातिक उम्मेदवार थिए।

कमिटीले सिफारिस गरेको एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य राई विराटनगर उप(महानगरपालिकाको पूर्व उप-मेयर, अधिकारी कोशी प्रदेश सभाकी पूर्व प्रदेश सदस्य र न्यौपाने गत प्रदेश सभा निर्वाचनमा क्षेत्र नं ६ (क) मा पराजित भएकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर