AArya
RUMPUM
animated ellipse animated ellipse

शान्ति समाज मोरङको साधारण सभा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७८, शुक्रबार १८:५३
3
Shares
विराटनगर/ मानवअधिकार तथा शान्ति समाज मोरङको २५ औं साधारणसभा सम्पन्न भएको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले साधारणसभाको उद्घाटन गरे । साधारणसभाले सचिव अशोक लामाको सांगाठानिक प्रतिवेदन र कोषाध्यक्ष डा. जीवनकुमार ढकालको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै मेयर पराजुलीले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र स्थापना गर्न मानवअधिकार तथा शान्ति समाजको महत्वपूर्ण योगदान रहेको बताए । उनले राजतन्त्रविरुद्धको आन्दोलनमा शान्ति समाजको भूमिका अग्रणी रहेको चर्चा गरे ।

समाजका मोरङ अध्यक्ष भेषराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अनुशासन समिति संयोजक डिग घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर