पूर्वाञ्चल खबर
आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका रूपमा राष्ट्रपति भवन शीतल निवास पुगेर जनताको नाममा शपथ लिएका हुन् ।
प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन् । प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रसहित प्रतिनिधिसभाका १७० भन्दा बढी सांसदको समर्थन छ ।
संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन्। उनीहरूको प्रधानमन्त्री प्रचण्डलाई समर्थन छ ।
त्यस्तै, स्वतन्त्र सांसदहरू प्रभु शाह, अमरेशकुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन छ ।
यसअघि २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीका रूपमा उनी निर्वाचित भएका थिए । तर, उनको कार्यकाल जम्मा २८० दिनको मात्र रह्यो ।
दोस्रो पटक २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए । उनले २०७३ साल साउन २० गतेदेखि २०७४ साल जेठ २३ गतेसम्म झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए ।
यसपालि, कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हन्