विराटनगर महानगरपालिका ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउंपालिका २ सक्मामा १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणको लागि उपब्ध गराएका हुन् ।
जग्गा खरिद गर्दा ५० लाख पर्ने १ कठा जग्गा बस्नेतलले नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक राजेन्द्र राउतको पहलमा उक्त जग्गा प्राप्त भई आर्थिक मामिला मन्त्री प्रदेश १, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाललगायत महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका पदाधिकारीहरुको उपस्थितिमा जग्गा प्राप्ती सम्वन्धमा सम्झौता भएको छ ।
सो अवसरमा उपाध्यक्ष राउतले उक्त जग्गामा तीन महिनाभित्रै महासंघको भवन निर्माणको काम सुरु हुने जानकारी दिए । उक्त जग्गामा करिव १६ हजार स्वायर फिटको चार तले सुविधा सम्पन्न भवन निर्माण गर्न महासंघले आवश्यक प्रक्रिया अघि बढाएको उपाध्यक्ष राउतले बताए ।
भवन निर्माणका लागि प्रदेश १ को चालु आर्थिक बर्षको बजेटबाट १ करोड रुपैयाँ महासंघलाई छुट्याइएको छ । भवन निर्माणका लागि नक्सा निर्माणको काम अघि बढेको र करीव ८ करोड रुपैयाँको लागतमा भवन निर्माणको तयारी भइरहेको उपाध्यक्ष राउतले जानकारी दिए । पहिलो चरणमा दुई तले कार्यालय, सभाहल एंव अतिथि गृह निर्माण गरिने जनाइएको छ ।
महासंघको भवन निर्माण गर्न आवश्यक सहयोगका लागि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकासँग समेत आग्रह गरिएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रमका अवसरमा जानकारी दिइएको छ ।
तपाईको प्रतिक्रिया