पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सञ्जीव खनाल निर्वाचित

खबर पूर्वाञ्चल, २६ चैत्र २०७७, बिहीबार १८:०५

विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सञ्जीव खनाल निर्वाचित भएका छन् ।
बुधबार भएको मत गणनाको अन्तिम नतिजामा प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलका शंकर खरेललाई ६ मतान्तरले पराजित गर्दै प्रेस चौतारी प्यानलका खनालले सानदार जित हासिल गरेका छन् । प्रेस चौतारी गठबन्धनको ७० मत हो भने प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलको १ सय १२ मत रहेको देव्े प्यानलको दावी रहेको छ । खनालले ९८ मत ल्याउँदा खरेलले ९२ मत ल्याए । यस्तै उपाध्यक्षमा भने संयुक्त प्यानलका मोहन भट्टराई ९७ मतसहित विजयी भए । उनी आफ्ना प्रतिस्पर्धी चौतारीका सन्तोष सिग्देलभन्दा ४ मतले विजयी भए ।

यसैगरी महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी तारा आचार्य एक सय सात मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी प्रेस चौतारीकी चिना थापाले ७५ मत पाइन् ।

सचिवमा चौतारीका नेत्रप्रसाद अधिकारी विजयी भए । नेत्रले ९६ मत पाउँदा उनका प्रतिस्पर्धी युनियन–सङ्गठनका हरि अधिकारीले ९४ प्राप्त गरेका थिए ।

त्यस्तै समावेशी सहसचिवमा अनिल श्रेष्ठ, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै पर्शुराम निरौला विजयी भए । यसैगरी कोषाध्यक्षमा सुमन सुस्केरालाई अभयकुमार राईले उछिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५