पूर्वाञ्चल खबर
मोरङ जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि खड्काको इजलासले शुक्रबार उनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले तोकेको धरौटी रकम बुझाएर न्यौपाने रिहा भइसकेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
अदालतमा दायर अभियोगपत्र अनुसार, न्यौपानेले भदौ २६ गते विराटनगर–४ स्थित नोबेल अस्पताल अगाडिको एक होटलमा लगेर ती किशोरीमाथि करणीको प्रयास गरेका थिए। घटनाको भोलिपल्ट भदौ २७ गते पीडित किशोरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान पूरा गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले न्यौपानेविरुद्ध ‘जबरजस्ती करणी उद्योग’को कसुरमा अभियोगपत्र दर्ता गरेको थियो।
निर्माण व्यवसायी संघ मोरङका पूर्वमहासचिव समेत रहेका न्यौपाने विराटनगर महानगरपालिका–५, सम्झना टोलका बासिन्दा हुन्।