विराटनगरको साप्ताहिक हाटबजार प्रहरीले बन्द गरेपनि सुपर मार्केटहरु भने खुल्ला

खबर पूर्वाञ्चल, १४ बैशाख २०७८, मंगलवार १६:२०

विराटनगर / कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार नगर प्रहरी र नेपाल प्रहरी लगाएर बन्द गराएपनि गरेपनि सुपर मार्केटहरु भने खुल्ला
रहेको छ ।

पछिल्लो समय कोरोना भाईरस संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको बेला विराटनगर महानगरपालीकाले हाट बजार बन्द गर्ने निर्णय गरेको थियो । भारतमा दैनिक लाखौँको संख्यामा कोरोना संक्रमणको संख्या बृद्धी अनि त्यतिकै मात्रामा मृत्युको संख्या पनि बढ्न थालेपछि विराटनगर क्षेत्रमा पनि प्रत्यक्ष असर पर्ने भएका कारण साप्ताहिक हाटबजार बन्द गराउन थालिएको हो ।

विराटनगर महानगरपालिकाले हाटबजार बन्द गरेपछि यहाँका सुपर मार्केटहरु भने खुला रहेका छन् । विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट, सेन्ट्रल मल र आर के सपिङ मललगायतका स्थानहरुमा अझै पनि आम सर्वसाधरणको भीड उतिकै मात्रामा देख्न सकिन्छ ।

२५ जना भन्दा बढी मानिस भीड नगर्नु भनेसँगै यताका सपिङ मलमा भने आज पनि उपभोक्ताहरुको ठूलो घुँइचो लाग्ने गरेको छ । हजारौं उपभोक्ताहरु सुपर मार्केटमा जम्मा हुँदा कोरोना संक्रमितको जोखिम बढ्ने भए पनि महानगरले हाट बजारलाई लक्षित गरेको स्थानियले बताउँछन् । खुल्ला बजारहरुमा कडाई गरेपनि महानगरले यहाँका सुपरमार्केटको सुरक्षामा कुनै ध्यान दिएको छैन ।

यता तरकारी व्यापारीहरुले अचानक गरिएको निर्णयले भने आफुहरु समस्यामा परेको बताएका छन् । बन्द गराउनु थियो भने केही दिनदेखि आफुहरुलाई सुचना दिनुपर्ने उनीहरुको भनाई छ । गुद्री बजारबाट महङ्गो भाउमा किनेर ल्याएको हरियो तरकारी बेच्न नपाउँदा आफुहरलाई घाटा हुने भोला खानले गुनासो गरे । यता विराटनगर

महानगरपालीकाका नगर प्रहरी निरीक्षक राजन पौडेल भने, आफुहरुले सुचना प्रकाशित गरेर नै यो निर्णय गरेको बताए । ३ दिनदेखि गाडी र सिटी रिक्सामा माईकिङ्ग गराईरहेको पौडेलले जानकारी दिए ।

नेपालमा अधिकाश तरकारी भारतबाट नै आउने भएका कारण यसबाट सचेत रहन पनि आवश्यक छ । यो माहामारीबाट आफुहरु पहिले सुरक्षित रह्यौ भने हाट बजार पुन लगाउन सकिने पौडेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५