RUMPUM
animated ellipse animated ellipse

अनुमति बिना सञ्चालन गरेको विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०८०, शुक्रबार ११:१३
684
Shares
विराटनगर / विराटनगर महानगरपालिकाबाट अनुमति बिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ ।

विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो ।

विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५ शय्याको बिग हस्पिटल बिना दर्ता सञ्चालनमा रहेको थियो । विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले संयुक्त रूपमा अनुगमन गरी दर्ता बेगार लामो समयदेखि सञ्चालनमा रहेको पाइएपछि हस्पिटलको काउन्टर, ल्याब, आकस्मिक कक्ष, ओपिडी र प्रशासन शाखामा सिलबन्दी गरिएको छ ।

१५ शय्या सम्मका अस्पताल सञ्चालनको अनुमति स्थानीय तहबाट लिनुपर्ने कानुनी व्यवस्था भए पनि अस्पतालले अनुमति बेगार सञ्चालनमा रहेको थियो । स्थानीयतह स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७४ अनुसार १५ शय्यासम्म स्थानीय सरकारले अनुमति दिने गरेको छ । तर, बिग हस्पिटलका सञ्चालकहरूले अटेर गरी लामो समयदेखि दर्ता बेगार सञ्चालन गरिरहेको पाएपछि हस्पिटल सिल गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । दर्ता प्रक्रिया र आवश्यक मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न पाइने उनले बताए ।

अस्पतालमा भर्ना भएका १७ जना बिरामीलाई दर्ता प्रक्रियामा रहेको हस्पिटलमा २४ घण्टा भित्र रेफर गर्न पनि अनुगमन टोलीले निर्देशन दिएको छ । नयाँ आएका बिरामी भर्ना नलिन र दर्ता प्रक्रिया पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।

यसअघि हस्पिटलले अनुमति प्रक्रियाका लागि विराटनगर महानगरपालिकामा निवेदन दिएको थियो । निवेदन दिएपछि महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिसहितको प्राविधिक टिम गएर अनुगमन र निरीक्षण गर्दा अस्पतालका लागि आवश्यक मापदण्ड पूरा भएको थिएन । त्यसपछि महानगरपालिकाले १२ बुँदे मापदण्ड पूरा गरेर आउन निर्देशन दिएको थियो । गत वैशाख २६ गते महानगरले पत्रमार्फत पूरा गर्नुपर्ने मापदण्डका बारेमा निवेदकलाई जानकारी गराएको हो ।

महानगरपालिकाले अस्पतालमा अटो फायर अलार्मर स्मोक डिटेक्टरको व्यवस्था नभएको, शव वाहन नभएको र शव वाहनका लागि अन्य संस्थासँग आबद्धता समेत नलिएको, भवन तथा पूर्वाधार सम्बन्धी व्यवस्था अनुरूप भवन निर्माण सिफारिस सम्बन्धी कागजात उपलब्ध नभएको पाइएकोले ती मापदण्ड पुरा गर्न भनिएको स्वास्थ्य महाशाखा प्रमुख अलीले बताए । यस्तै जनशक्ति व्यवस्थापन मापदण्ड अनुरूपको जनशक्ति नभएको, स्व मूल्याङ्कन प्रतिवेदन पेस नभएको, स्वघोषणा पत्र, जन स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था (पोषण सेवा, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन) अनुरूप सेवा प्रवाहको कार्य योजना नभएको, फोहर मैला व्यवस्थापन मापदण्ड बमोजिम नभएको, विपद् व्यवस्थापन योजना तयार नगरेको पाइएका कारण सञ्चालन अनुमति नदिएको उनले बताए । ‘

मापदण्ड पूरा नगरेपछि हामीले अनुमतिनदिएकाहौं । १२ बुद्धे मापदण्ड पूरा गर्न पत्राचार गरेका थियौँ । अहिलेसम्म हस्पिटलले उक्त मापदण्ड पूरा गरेर आएको छैन,’उनले भने, ‘मापदण्ड पुरा नभएको पाइएपछि अहिले हस्पिटल सिलबन्दी गरिएको हो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर