animated ellipse animated ellipse

उत्कृष्ट नतिजा ल्याउने विराटनगर एभरेष्ट सहित ४ विद्यालय र विद्यार्थीलाई महानगरको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ श्रावण २०८१, मंगलवार १८:०८
162
Shares
विराटनगर / माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका एभरेष्ट स्कुलसहितका ४ विद्यालय र ६ जना विद्यार्थीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

आज महानगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशबाट नै ३ जना विद्यार्थी ४ जीपीए सहित सतप्रतिशत नतिजा ल्याउने सफल विराटनगर– ५को एभरेष्ट स्कुल र एक–एक जना ४ जीपीए ल्याउन सफल सगरमाथा र बुढानिलकण्ठ स्कुल सम्मानित भएका हुन् । यस्तै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउने आदर्श मावि सम्मानित भएको छ छ ।

सम्मानित हुने विद्यार्थीहरूमा ४ जीपीए ल्याउने एभरेष्टका कृतज्ञ दाहाल, राजुकुमार साह, सुब्रत बराल, बुढानिलकण्ठका सिरिन भट्टराई, सगरमाथाका प्रतिभा रौनियार र ३.९५ जिपिए ल्याउने आदर्श माविका अनिककुमार केरवट रहरेका छन् ।

महानगरले विद्यालय र विद्यार्थीलाई सम्मान पत्रले सम्मान गरेको हो । विराटनगर महानगरका ९७ विद्यालयका ४ हजार ४ सय २४ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । ति मध्ये २ हजार ८ सय ९५ अर्थात ६५ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यी मध्ये विराटनगर महानगरका १६ वटा विद्यालयको शतप्रतिशत नतिजा आएको विराटनगर महानगरका शिक्षा महाशाखाका निमित्त प्रमुख कृष्ण भट्टराईले बताए। जसमध्ये सामुदायिक विद्यालय तर्फ २५ विद्यालयका २ हजार ६८ जनाले एसईई परिक्षा दिएकोमा ९ सय १२ जना अर्थात ४४.१० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उत्तिर्ण भएका मध्ये सामुदायिक विद्यालयबाट ९९ जनाले मात्र ३.६ जीपीए भन्दा माथि ल्याएका छन् । यस्तै निजी विद्यालयबाट परीक्षा दिएका २ हजार ३ सय ५७ विद्यार्थी मध्ये १ हजार ९ सय ८३ जना अर्थात ८४ दशमलव १३ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण भएका छन् ।

कार्यक्रममा विराटनगर महानगर भित्रको नतिजा राम्रो भएको भन्दै मेयर नागेश कोइरालाले अपेक्षाकृत सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि थप भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर