खबर पूर्वाञ्चल
आज विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिदै यस्ता समस्यालाई आम सञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय दुवै सरकार वित्तीय हिसावले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए । उनले भने–‘आगमी वर्षदेखि प्रदेश सरकारको अर्थ मन्त्रालय अन्तर्गत राजस्व महाशाखा मार्फत स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पंद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने छ ।’
मुख्य मन्त्री कार्कीले वित्तीय हस्तान्त्रण अन्तर्गत सशर्तको बजेटमा योजना होइन क्षेत्र मात्र तोकेर स्थानीय तहमा एकमुष्ट बजेट पठाउने कुरामा प्रदेश सरकारले ध्यानदिने बताए । त्यस अघि विभिन्न स्थानीय तहका पदाधिकारीहरुले वित्तीय हस्तान्त्रण मार्फत आउने सशर्तको अनुदानमा योजना नै तोकेर आउने गरेको गुनासो गरेका थिए ।
मुख्य मन्त्री कार्कीले स्थानीय तहका पदाधिकारीहरुले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाहरु दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभावलगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।
बैठकले प्रदेश सरकारको आगमी आर्थिक वर्ष २०८०÷०८१ मा प्रस्तुतहुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यहरुको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाडफाँड, स्थानीय तहका आवधिक योजनाहरु निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्यव्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषदको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरु गठन गर्ने, लगायतका विषयमा विभिन्न निर्णयहरु गरेको छ ।