विराटनगर / उद्योग संगठन र मोरङ व्यापार संघले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई स्वागत सम्मान गरेको छ ।
दुवै संघले छुटा–छुट्टै कार्यक्रम आयोजना गरि आज विराटनगरको मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीसहित निर्वाचित वडाअध्यक्षहरुलाई स्वागत सम्मान गरेका हो ।
नवनिर्वाचित मेयरको स्वागत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विकासलाई ध्यानमा राखी विज्ञहरुको सुझाव लिएर काम गर्न आग्रह गरे । औद्योगिक नगरीका रुपमा परिचित विराटनगरमा स्थाई सुविधायुक्त औद्योगिक प्रदर्शनी स्थल निर्माणको लागि आवश्यकतालाई औल्याउदै अध्यक्ष प्याकुरेलले संघिय र प्रदेश सरकारको साथ र सहयोगका लागि महानगरपालिकाले सक्रिय पहल गनुपर्नेमा जोड दिए । स्वच्छ, सफा र पूर्वाधार युक्त महानगर सबै नगरवासीको रहर भएकाले महानगरको विकासमा उद्योग संगठन मोरङको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता अध्यक्ष प्याकुरेलले व्यक्त गरे ।
नवनिर्वाचित मेयर नागेश कोईरालाले नेपाल कै पहिलो औद्योगिक नगरमा रुपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्ने कार्य आफनो प्राथमिकतामा पर्ने भएकाले पाँच वर्षे कार्यकालमा जसरी पनिनिर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग संचालनमा ल्याउन सके नयाँ रोजगारीका अवसरहरु सिर्जना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत सहयोग पुग्ने वताउदै मेयर कोईरालाले त्यस्ता उद्योगहरुलाई संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट सार्थक पहल गरिने वताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका उप–मेयर शिल्पा निराला कार्की, वडा नं. २ का अध्यक्ष कुमार पोखरेलको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया