RUMPUM
animated ellipse animated ellipse

माओवादी र काँग्रेस परित्याग गरी ८० जना बढी एमालेमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७९, बुधबार १४:११
234
Shares
विराटनगर / विराटनगर वडा नं. १२ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरी ८० जनाबढी एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले विराटनगर १२ शाखा कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा माओवादीका भगनलाल यादवको नेतृत्वमा माओवादी र काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ६ (२)का उम्मेदवार पर्शुराम बस्नेतले स्वागत गरे ।

एमाले प्रवेश गर्दै भगनलाल यादवले विगतमा चुनावमा भोट हालेर आफुले जिताएका जनप्रतिनिधिले आफ्ना मागहरु पूरा नगरेको आफु पदमा पुग्ने सिडिमात्र बनाएकाले जनताको पक्षमा काम गर्ने एमालेमा प्रवेश गरेको बताए । उनले एमालेका उम्मेदवार पर्शराम बस्नेतले जनताको पक्षमा काम गर्दै आएकाले उनलाई जनप्रतिनिधि बनाउन जुटन प्रतिबद्धता व्यक्त गरे ।

नव प्रवेशीलाई स्वागत गर्दै उम्मेदवार बस्नेतले एमाले गरिब, सुकुम्बासी, मजदुर र सर्वहाराको पार्टी भएकाले सबैको हितका लागि काम गर्ने बताए । उनले एमालेले मात्र मुलुकको हितमा काम गर्ने र आममानिसको जीवनस्तर उकास्ने योजना नेकपा एमालेसंग मात्र भएको बताए ।

मोरङ क्षेत्र नं. ६ (२)मा बस्नेत सहित गठबन्धनबाट काग्रेसका केदार कार्की, स्वतन्त्र उम्मेदवार गोपाल रेग्मी र काँग्रेस विपिका तर्फबाट जर्नादन निरौला प्रतिष्पर्धामा छन् । बस्नेत युवा र स्थानीय समाजसेवीका रुपमा परिचित छन् भने प्रदेशका मन्त्री समेत रहेका कार्की पटक पटक विवादमा मुछिदै आएका छन् । रेग्मी विराटनगरको कार्यकारी अधिकृत हुँदा राम्रो काम गरेको छवी बनाएका थिए भने निरौला मजदुरमाझ परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर