RUMPUM
animated ellipse animated ellipse

पाँच दलीय गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नागेश कोइराला को हुन् ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७९, सोमबार १९:१७
2.62k
Shares
विराटनगर / पाँच दलीय गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदको मनोनयन दर्ता गरेका नागेश कोइरालाको जन्म बुवा उमेश कोइराला र माता जया कोइरालाको कोखबाट वि.सं. २०३० साल जेठ ३१ गते विराटनगरमा भएको हो ।

विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिमा लागेका कोइरालाले युनिभरसिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरे । २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष हुँदै २०५६ सालमा सभापतिसमेत भएका छन् । त्यस्तै २०६६ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा अत्याधिक मतका साथ निर्वाचित हुनु भएका कोइराला २०७८ सालमा सम्पन्न १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए ।

कोइराला सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनी रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउण्ड टेवल–५ विराटनगरको अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् । विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष भएका कोइराला लायन्स क्लब अफ ग्रिनसिटीको सदस्य भइसकेका छन् । कोइरालाले कोराना महामारीको समयमा आर्थिक समस्यामा परेकाहरुलाई विराटनगरका १९ वटै र मोरङका विभिन्न स्थानमा पुगेर राहत सामग्रीसमेत वितरण गरे । त्यस्तै बाढीपीडितका लागि राहतसँगै लत्ताकपडा र भाँडाकुँडासमेत वितरण समेत गरेका छन् ।‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रका साथ राजीतिमा लागेका कोइरालाले विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरमा गुरुकुल विद्यालय सञ्चालनका लागि २ करोड मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराए ।

राजनीतिलाई सेवाका रुपमा आत्मसाथ गरेर अगाडि बढिरहेको बताएका कोइराला मेयरमा निर्वाचित भएमा पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर