पूर्वाञ्चल खबर
कोभिड अस्पतालमा उपचाररत इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
इटहरीका संक्रमितलाई ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज २२ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २० गते संक्रमण पुष्टि भएका उनमा कुनै दीर्घरोग नदेखिएको प्रतिष्ठानका सहप्रवक्ता डा .आशिष श्रेष्ठ जानकारी दिए ।
असोज १२ गते भर्ना भएका दुहबीका संक्रमित पुरुष भने लामो समयदेखि मृगौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ । उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।