स्वदेश तथा विदेश स्थित शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि खोलिएको कन्सलटेन्सिहरू विराटनगरमा दर्ता बेगर सञ्चालनमा रहेको पाइएको हो ।
शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले विराटनगरमा गरेको अनुगमनको क्रममा ४२ वटा एजुकेशन कन्सलटेन्सि रहेकोमा ९ वटाले मात्र स्वीकृत लिएर सञ्चालन गरेको पाइएको छ । शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाकी अधिकृत लक्ष्मी भण्डारी एजुकेशन कन्सलटेनिहरूको अनुगमन गर्न विराटनगर आएकी छिन् । अनुगमनको क्रममा विराटनगरमा ९ वटा कन्सलटेन्सिमात्र मन्त्रालयमा स्वीकृत लिएर सञ्चालनमा रहेको पाइएको उनले बताइन् । केही कन्सलटेनीहरू स्वीकृतको लागि प्रक्रियामा रहेको जानकारी दिइन् । ‘विराटनगरमा धेरै एजुकेशन कन्सलटेन्सिहरू रहेछन् । त्यसमध्ये ९ वटाले मात्र स्वीकृत लिएर सञ्चालन रहेको पाइयो । त्यसमध्ये पनि तीन वटा कन्सलटेन्सि बन्द भएको रहेछ ।’ बेन्चमार्क, लिनकन र ग्रेजुयुट कोच एकजुकेशन कन्सलटेन्सि बन्द भएको पाइएको उनले बताइन् । ‘स्वीकृत लिएर सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाको अनुगमन गरेपछि उनीहरूको अवस्था बस्तुस्थिती बुझेका छौं,’ उनले भनिन्, ‘अनुगमनको गरिसकेपछि प्रतिबेदन बनाएर मन्त्रालयमा बुझाउनेछौं ।’ दर्ता प्रक्रियामा रहेको शैक्षिक परामर्शको अभिलेखीकरण गर्नेदेखि दर्ता प्रक्रियामा सामेल नभएका शैक्षिक परामर्श संस्थालाई कारबाहीको लागि सिफारिस गर्ने उनले बताइन् । कतिपय शैक्षिक परामर्श संस्था झोलामा रहेको छ । उनीहरूको संस्थाको नाम हुन्छ, तर कार्यालय नभएको पाइएको छ । यस्ता कन्सलटेन्सिहरूबाट अभिभावक र विद्यार्थीहरू ठगीमा पर्ने गरेका छन् । ‘स्वीकृत प्रक्रियामा नरहेका शैक्षिक परामर्श संस्थाहरूको अनुगमन गरेपछि कारवाहीको लागि सिफरासि गरिनेछ,’ उनले भनिन, ‘अहिले दर्ता प्रक्रियामा सहभागि नहुने एजुकेशन कन्सलटेन्सिहरूको नाम संकलन पनि गरिरहेका छौं ।’
स्वीकृत पाएर विराटनगरमा संचालनमा रहेका अपूर्ब(अल्फाबिटा), एडुमार्क, गुरुकुल, एनआइसी, डाइनामिक, एचीभर्स एकजुकेशन कन्सलटेन्सि सञ्चालनमा रहेको छ ।
ठूलो धनराशी खर्चिएर अभिभावकले वैदेशिक शिक्षा हासिल गर्न पठाउने क्रममा स्वीकृत नभएका शैक्षिक परामर्श संस्थाहरुबाट आफुलाई जोगाउनुपर्ने अवस्था रहेको छ । यस्ता स्वीकृत नभएका संस्थालाई कानुनी दायरमा ल्याउन प्रदेश, स्थानिय सरकार र प्रशासन लागि पनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
स्वीकृत नभएका मध्ये भारत पढाउने शैक्षिक परामर्श संस्थाहरु विराटनगमरा बढी रहेका छन् । जसमध्ये शिक्षा मन्त्रालयबाट स्वीकृत बिना विराटनगरमा रहेको शिक्षा फाउण्डेसन, विराट मिथिला, रोय इन्टरनेशल, साइरस, पार्थ आश्रम, विराट आइओइ (गामा), कान्तिपुर, विराट डबलुआरसी, रनकिट, प्रजल, बिआइएमसी, विराट एजुकेशन, इनलाइट एजुकेशन कन्सलटेन्सी रहेको छ । यी कन्सलटेन्सीले सम्र्पकमा आएका विद्यार्थीहरूबाट मोटो रकम लिएर विदेश पढाउने गरेका छन् । दर्ता बेगारका कतिपय कन्सलटेन्सीहरुले विद्यार्थीसँग नगदमा अग्रमित भुक्तानी लिने विद्यार्थीलाई बिचल्लीमा पार्ने गरेको गुनासो अभिभावलहरुले गरेका छन् ।
तपाईको प्रतिक्रिया