प्रमुख सचेतकको गाडीले ठक्कर दिदा दुई जना घाइते

खबर पूर्वाञ्चल, १० फाल्गुन २०७७, सोमबार २०:५७

विराटनगर/ नेकपा प्रदेश १ का संसदीय दलका प्रमुख प्रमुख सचेत बुद्धीकुमार राजभण्डारीको सरकारी गाडीले ठक्कर दिएर मोटसाइकल चालक र सवार गरि दुई जना घाइते भएका छन् ।

राजभण्डारीको १ झ ६५५ नम्बरको स्कारपियोले गाडीले विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारी स्थित ठक्कर दिदा मोटसाइकल चालक र सहचालक घाइते भएका हुन् ।

बिपरित दिशाबाट आउँदै गरेको को १९ प ३८०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक मोरङको कटहरी गाउँपालिका ३ का ४० वर्षिय बिशेश्वर माझि, पछाडी सवार सुनसरीको इटहरी १२ का ५७ वर्षिय लेवकलाल चौधरी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । घाइते भएका चालक माझीको दाहिने हात फ्याक्चर र शरिरको विभिन्न भागमा चोटपट लागेको छ भने सवार चौधरीको दाइने खुट्टा फ्याक्चर भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाको विराट टिचिङ्ग हस्पिटलमा उपचार भएको छ ।

प्रमुख सचेतक राजभण्डारीका सवारी चालक इलाम चुलाचुली ५ का २८ वर्षिय पूर्णप्रसाद तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तामाङलाई मोरङ प्रहरीले सवारी अंगभङ्गमा म्याद थप गरि अनुसन्धान सुरु गरेको डिएसपी राईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५