खबर पूर्वाञ्चल
१८ औं साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष राजेश्वर निरौला, ज्येष्ठ नागरिक सावित्रा रेग्मी, मञ्चको भवन निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रदीप घिमिरेलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेकपा एसका केन्दीय सदस्य महेश रेग्मी, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले खोटाङमा जन्मिएर विराटनगरमा स्थायी बसोबास गर्ने व्यक्तिहरुलाई मञ्चले संगठित गरेकोमा खुसी व्यक्त गरे । मञ्चले साहित्यिक र सामाजिक कार्य गर्दै आएको भन्दै उनले मञ्चलाई महानगरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित महानगरपालिका बनाउन सहयोग गर्नसमेत उनले आग्रह गरे ।
सो अवसरमा मञ्चका महासचिव नारायण पोखरेल, सचिव स्वर्णकान्त दाहाल, सम्मानित व्यक्तिहरुका तर्फबाट राजेश्वर निरौलालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित, भरत गुरागाईं बर्बरिक, रोहिणी रसिक, लक्ष्मी पोखरेल, अम्विका खरेल उप्रेती, लक्ष्मी रायमाझीलगायतले कवितासमेत वाचन गरे ।
२०५४ सालमा स्थापित मञ्चले विराटनगरमा १ कठ्ठा २ धुर जमिनमा साढे दुई तले आफ्नै भवन निर्माणाधीन रहेको छ । एकतला निर्माण सम्पन्न भई दोस्रो र तेस्रो तला निर्माण भइरहेको छ । निर्माण सम्पन्न भइसकेपछि मञ्चको आर्थिक स्रोत जुटाउन भवन भाडामा लगाउने योजना रहेको अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया