पुतलीको हत्या भएको दाबी गर्दै मामासहित तीन जना विरुद्ध प्रहरीमा किटानी जाहेरी

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७८, आईतवार १६:०२

कानेपोखरी / मोरङको कानेपोखरी–३ की १६ बर्षिय पुतली भनिने सीता चौधरीको रहस्यमय तरिकाले मृत्यु भएको घटनामा पीडित परिवारले तीन जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

मृतकका आफन्तले पुतलीको हत्या भएको दाबी गर्दै तीन जना विरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दर्ता गराएका हुन् ।

पाकेको मकै भाच्न गएकी पुलतीको वैशाख २२ गते कानेपोखरी ३ का प्रकाश खड्काको खेतबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । पुलती खड्काको घरमा लामो समयदेखि काम गर्दै आएकी थिइन् । खड्काको घर छेउमा मृत भेटिएको पुलतीको हत्या गरेर खेतबारीमा फ्याकिएको दाबी गर्दै घटनाको सत्य तथ्य छानविन गर्नुपर्ने माग राख्दै जेठ २० गते पीडित परिवारले इप्रका पथरीमा किटानी जाहेरी दिएका हुन् ।

पीडित परिवारले घरधनी प्रकाश खड्का, प्रकाश चौधरी र सञ्जु चौधरी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रकाश चौधरी र सञ्जु मृतकका मामा माइजु हुन् । मामा र माइजुको पनि भूमिका शंकास्पद देखिएकोले किटानी जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरुलाई पक्राउ गरि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने पीडीत परिवारको माग छ ।

पुतलीको रहमस्य तरिकाले मृत्यु भएको एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको बारेमा जानकारी नदिदा घटना ढाकलोप गराउन लागेको पीडित परिवारको भनाई छ । पीडित परिवारले किटानी जाहेरी दिएपनि हालसम्म उनहरुलाई पक्राउ गरेको छैन । घटना लुकाउन खोजेको भन्दै मृतकका आफ्न्त र स्थानीयले घटनाको सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग राखेका छन् ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राई घटनाको विषय प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरेको बताए । ‘प्रहरीले यस घटनामा फराकिलो दायरा बनाएर अनुसन्धान सुरू गरेको छ,’ डिएसपी राईले भने, ‘अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’ प्रहरीले मृतकको भिसेरा परीक्षणको लागि प्रहरीको विधी विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ । यो रिपोट आउन बाकी छ । भिसेरा रिपोट आएपछि थप विषय खुल्ने प्रहरीले जनाएको छ ।

यस्तो छ घटना
कानेपोखरी–३ मा हरकपुरमा रहेको मामा प्रकाश खवासको घरमा बस्दै आएकी पुतली बैशाख २२ गते अपरान्ह करिब ३ बजे मृत अवस्थामा फेला परेकी थिइन् । १६ बर्षिय चौधरी मामाको घर नजिकै रहेको प्रकाश खड्काको घरमा घरेलु (बस्तु सिहार्ने, घाँसपात गर्ने) काम गर्थिन । दिउँसो प्रकाश खड्काको घरमा काम गरेपनि बेलुका मामाको घरमा सुत्न जान्थिन । बैशाख २२ गते प्रकाश खड्काको घर नजिकै मकैबारीमा पुतली मृत अवस्थामा फेला परिन । पुतलीको शव भेटिएको वरिपरी मकैको बोट, झारपात मडारिएको थिएन । खेतमा घोप्टो परेको अवस्थामा पुतलीको शव भेटिएको थियो ।

मृत फेला परेको शवलाई प्रकाश खड्काको घरमा ल्याएर तेल तताएर मालिस गरिएका थिए । खड्काले कोही धामी झाक्री खोज्न पठाएको स्थानीयको भनाई छ । शब भेटेपछि प्रहरीलाई खबर गर्नु पर्ने वा तुरुन्त अस्पताल पठाउनु पर्नेमा प्रकाश खड्का परिवार समेत लागेर तेल दलेर बसेका थिए । पुतलीको जीउ तताउनको लागि उनको दिदी भेना समेत लागेर तेल दलेका थिए । त्यसपछि साँझतिर पुतलीको शवलाई रंगेली अस्पताल पु¥याइएको थियो । रंगेली अस्पतालले पोष्टमार्टम गर्न नमाने पछि कोशी अस्पाताल विराटनगरमा लगियो । कोशी अस्पतालले पोष्ट मार्टम गरेर बैशाक २३ गते (मृत्यु भएको भोली पल्ट) बिहान डाँस खोलामा दाह संस्कार गरिएको थियो ।

खेतबाट उठाएर ल्याएपछि तेल लगाउन कपडा खोल्ने क्रममा मृतक पुतलीको योनीबाट रगत बगिरहेको देखेको दिदी जानुका चौधरीले बताइन् । पुतलीको योनीमा रगत बगेको देखिएको र शवलाई तुरुन्त प्रहरी बोलाएर अनुसन्धान गराउनुको साटो तेल दल्ने, धामी खोज्न पठाउने काम खड्का परिवारले घट्नालाई अर्कोतिर मोड्ने प्रयास भएको पीडित पक्षको भनाइ छ । घट्ना स्थलमा झारपात पनि माडिएको थिएन, माटो पनि केही नभएकोले कतै हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने मृतकका आफन्तको भनाई छ ।
मृतक भेटिनु अघि सोज्ने क्रममा प्रकाश खड्काले बहिनी पानीमा डुबेर, सर्पले टोकेर मरेको हुन सक्ने भन्दै हल्ला चलाएका छन् । १६ बर्षिय किशोरी खेतमा मृत फेला पर्नु, योनीमा रगत देखापर्नुले शंका पैदा भएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५