तिहारको पूर्व सन्ध्यामा हिमालय दर्शन कलेजमा देउसीभैलो कार्यक्रम

खबर पूर्वाञ्चल, १५ कार्तिक २०७८, सोमबार १८:४६

विराटनगर / संस्कृतीको जर्गेना गर्ने उदेश्यले विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले तिहारको पूर्व सन्ध्यामा देउसीभैलो कार्यक्रम गरेका छ ।

कलेजमा विएचएममा अध्ययनरत विद्यार्थीहरुले तिहारको मुख्य परिकार सेलरोटी बनाएर देउसी भैलो कार्यक्रम गरेका थिए । विद्यार्थीहरुले कलेज प्राङ्गणमा रङगौली र कलेजमा सयपत्री मालाहरुले सजाएर तिहारको छनक आउने गरी साजज्जावट समेत गरेर देउसीभैलो कार्यक्रम गरेका छन् ।

कलेजमा अध्ययनरत विद्यार्थीमाझ कलेजका निर्देशक भेषराज पोखरेलले देउसी भट्याउदै देउसीभैलो खेलेका थिए । विद्यार्थीहरुलाई सेलरोटी पकाउने तालिम दिनुका साथै नेपालीको सस्कार सस्कृती लोप नहोस भनेर अहिलेका पुस्तालाई यो कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक पोखरेलले बताए ।

विद्यार्थीलाई किताबमा भएका ज्ञान मात्र हैन बाहिर व्यवहारिक ज्ञान पनि दिने उदेस्यले विद्यार्थीहरुको मनोबल बढाउन कलेजले यस्ता खालका कार्यक्रम गर्दै आएको निर्देशक पोखरेलले बताए ।

देउसीभैलो अहिलेको पुस्ताले बिर्सिदै गइरहेको अवस्थामा कलेजमा विद्यार्थीहरु माझ देउसीभैलो कार्यक्रमको आयोजना गरेको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताए । विएचएममा अध्ययनरत विद्यार्थीहरु प्रोडक्सन प्राक्टिकल तालिम अन्तरगत विभिन्न परिकारका साथै सेलरोटीलगायतका तालिम समेत गरेका कलेजका क्याम्पस प्रमुख सापकोटाले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिई व्याच्लर अफ होटल मेनेजमेन्ट (विएचएम), विआइएम, विसीए, विविएस , विएससी सिएसआईटी लगायतको विषयशरु पढाई हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५