पूर्वाञ्चल खबर
फाइनल खेलमा महेन्द्र स्कललेलाई आर्दश स्कुललाई ६८ रनले पराजित गरि उपाधि जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्र स्कुलले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई १२५ रनको विशाल स्कोर बनायो । महेन्द्रकी मिनिना राजवंशीले २९ रन बनाउँदा आँचल कमतले १९ रन र शिवानी खातसनले १२ रनको योगदान दिइन् आदर्शकी साक्षी गुप्ताले २ विकेट लिँदा प्रतिभा राजवंशीले १ विकेट लिइन् ।
१ सय २६ रनको लक्ष्य पछ्याएको आदर्शले १२ ओभरमा ९ विकेट गुमाई ५७ रनमा सिमित भयो । आर्दशका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन भने महेन्द्रले अतिरिक्त ३० रन दिएर सहयोग गर्यो । महेन्द्रकी नितु राजवंशीले २ विकेट लिँदा मिनिना राजवंशी र आँचल कामतले १–१ विकेट लिइन् ।
फाइनल खेलको प्लेयर अफ द फाइन महेन्द्रकी मिनिना राजवंशी घोषित भइन् भने प्लेयर अफ सिरिज महेन्द्रकी आँचल कमत भइन् । त्यस्तै उत्कृष्ट ब्याटर सुसिक्षा विद्यालयकी मेनुका किस्कु,उत्कृष्ट बलर महेन्द्रकी नितु राजवंशी, उत्कृष्ट किपर महेन्द्रकी शिवानी खातुनलाई घोषित भइन् ।
विजयी तथा अन्य खेलाडीलाई मोरङ जिल्ला क्रिकेट संघका सदस्य मनोज चौधरी नेपाल क्रिकेट फाउण्डेशनका संस्थापक अभिषेक श्रेष्ठ पुरस्कार तथा ट्रफि वितरण गरे ।