MERRYLAND
KANTIPUR COLLEGE

विद्यार्थीहरूले गरे नोबेलका सञ्चालक सुनील शर्माको पुत्ला दहन

खबर पूर्वाञ्चल, २९ पुष २०७८, बिहीबार १९:१५
234
Shares

विराटनगर / विद्यार्थीहरूले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माको पुत्ला दहन गरेका छन् ।

पटकपटक आन्दोलन गर्दासमेत नोबेल मेडिकल कलेजका सञ्चालक शर्मा माग सुनुवाई गर्न तयार नभएपछि आन्दोलनरत विद्यार्थीहरू लगायत विभिन्न विद्यार्थी सङ्गठनहरूले आज शर्माको पुत्ला दाहसंस्कार गरेका हुन् । शंख बजाउँदै कलेज परिसरमा पुगेका विद्यार्थीहरुले मेडिकल कलेज परिसरमा पुत्ला प्रदर्शन गरेका थिए ।

विराटनगर–४ को वडा कार्यालय छेउबाट शर्माको पुतला बोकेर लगेका विद्यार्थीले नोबेल मेडिकल कजेल घुमाएर गेटअगाडि ल्याएर जलाएका थिए । नोबेलले चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शल्कविपरीत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

एमबीबीएस अध्ययनका लागि सरकारले तोकेको शुल्क बुझाएर पढ्न आएका विद्यार्थीहरुलाई कक्षा प्रवेश गर्न नदिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले उठाएका सरोकार सुनुवाई गर्नुको साटो शर्मा र उनको प्रशासन मौन बसेको छ । सञ्चालक शर्मा मौन बसेपछि विद्यार्थीहरुले दवावमूलक आन्दोलनलाई बढाउँदै लगेका छन् ।

विद्यार्थीहरुले पछिल्लो दुई सातादेखि लगातार धर्ना र आन्दोलन गर्दै आएका छनु । तर, सञ्चालक शर्माले मिडिया मार्फत विद्यार्थीको आन्दोलनलाई आरोपित गर्ने, गुण्डा प्रयोग गरी धाकधम्की दिने र घुसपैठ गरी जबरजस्ती आन्दोलन गरेको भन्दै अवमूल््यन गर्न थालेपछि विद्यार्थीहरु थप आक्रोशित भएका छन् ।

अघिल्लो साता जिल्ला प्रशासन कार्यालय मोरङको रोहवरमा वार्ता भएको र वार्तामा सहमति भएका कुराहरु नोवेलले नै उल्लंघन गरेपछि विद्यार्थीहरु थप आन्दोलिन हुन पुगका हुन् । विद्यार्थीहरुको आन्दोलनका कारण नोवेल मेडिकल कलेजले सञ्चालन गर्दै आएको अस्पतालको सेवा समेत केही दिनदेखि प्रभावित बनेको छ । सेवा प्रभावित हुँदा पनि कलेज सञ्चालक शर्माले वेवास्ता गरेपछि विद्यार्थीहरुले माग पूर्णरुपमा सुनुवाई नभएसम्म आन्दोलन छोडेर नफर्कने चेतावनी दिएका छन् ।

आज पुत्ला दहनपछि आयोजित कोण सभामा बाल्दै नेविसंघका विद्यार्थी नेता जश्वन्त पैडेलले कागे्रस विद्यार्थीहरुको माग र उनीहरुको हितको विपक्षमा जानै नसक्ने भन्दै गुण्डागर्दी गर्नेहरुलाई पार्टीले संरक्षण गर्न नहुने बताए । उनले सुनिल शर्माको पार्टी सदस्यता खारेज गर्नसमेत नेतृत्वसमक्ष माग गरे । त्यसैगरी अखिल क्रान्तिकारीका नेता ताजिम अन्सारीले विद्यार्थीहरुको आन्दोलन शर्माका लागि क्यान्सर बन्न सक्ने र त्यसले नोबेल मेडिकल कलेजको भविष्यलाई समेत प्रभाव पार्न सक्ने भएकोले यसलाई अनावश्यक रुपमा दमन वा प्रभावित गर्ने प्रयत्न नगर्न चेतावनी दिए । उनले कुनैपनि सम्झौताबाट आन्दोलन नटुंगिने भन्दै विद्यार्थीको माग सुनुवाई भए तत्काल आन्दोलन अन्त्य हुने पनि बताए ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि ४४ लाख ३६ हजार ५२ रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर नोबेल विभिन्न शीर्षकमा विद्यार्थीहरूसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त शुल्क असुल गर्दै आएको छ । नोबेलले छात्राबासलाई अनिवार्य गरेर विद्यार्थीहरूसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यस्तै, खानाको सात हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यस्तै, नोबेलले एमबिबिएस अध्ययनरत विद्यार्थीहरूसँग काठमाडौँ विश्वविद्यालय रजिस्ट्रेसन शुल्कबापत २५ हजार, काठमाडौँ विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार पाँच सय ७९ रुपैयाँ असुल गर्ने गरेको विद्यार्थीहरू बताउँछन् । यसैगरी नोबेल मेडिकल कलेज रजिस्ट्रेसन शुल्कबापत पाँच हजार र काठमाडौँ विश्वविद्यालय परीक्षा शुल्कबापत ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५