AArya
RUMPUM
animated ellipse animated ellipse

बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७८, बुधबार १९:४३
162
Shares
विराटनगर / बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आर्थिक शशक्तिकरणमा पनि जोड दिए । प्रजिअ दाहालले रणनीतिको कार्यन्वयन पक्ष पनि राम्रो हुनुपर्ने सुझाव दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले परम्परागत सोचका कारण पनि बालविवाह नियन्त्रणमा चुनौति रहेको बताए । उनले कानुनी अज्ञानता, गरीवी पनि मुख्य कारण रहेको बताउनुभयो । सचिव पराजुलीले कानुनी सचेतना आवस्यक रहेकोमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले मन्त्रालयले बालविवाह नियन्त्रणका लागि किशोरी सशक्तिकरण कार्यक्रम शुरुवात गरिएको बताए । बालविवाह नियन्त्रणका लागि रणनीतिमा स्थानीय तहहरुबाट प्रोत्साहनका कार्यक्रम समावेश गर्न सुझाव दिए ।

जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बालविवाह नियन्त्रणका लागि विद्यालय तहमा सचेतना आवस्यक रहेको बताए । उनले समुदायस्तरमा अभियानका रुपमा कार्यक्रम लैजानुपर्ने बताए ।

कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले रणनीतिलाई चाँडै कार्यन्वयनमा ल्याउन सुझाव दिएका थिए । अभियानलाई सफल पार्न प्रदेश र स्थानीय सरकारले स्वामित्व लिनुपर्ने उनीहरुको भनाई छ ।

सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले चालु आर्थिक वर्ष भित्रमा रणनीतिलाई अन्तिम रुप दिएर आगामी आर्थिक वर्षदेखि कार्यन्वयनमा लैजानेगरि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिइन् ।
प्रदेश १ लाई सन् २०२५ भित्रमा बालविवाहमुक्त प्रदेश बनाउने सरकारको नीति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर