RUMPUM
animated ellipse animated ellipse

महानगरपालिका प्रमुख भन्छन्, जनताले आफ्नो घर जान नपाउनु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०७७, सोमबार १८:११
3
Shares
विराटनगर / आइतबार विराटनगरबाट काठडमाडौंका लागि हिडेका यात्रुलाई सोमबार पुनः विराटनगर फर्काउने काठमाडौं प्रहरी प्रशासनको तयारी प्रति विराटनगर महानगरपालिकाले आपत्ती जनाएको छ ।

महानगरले लकडाउनका क्रममा समस्यामा परेका सर्वसाधरणलाई सबै मापदण्ड पुराएर घरसम्म पुराइदिँदा फिर्ता पठाउने कार्य अनुचित भएको जनाएको छ । महानगरका प्रमुख मेयर भीम पराजुलीले भने महानगरमा भाडामा बसिरहेकाहरुलाई समस्या देखिएपछि घर फिर्ता गराउँदा समेत सरकारले अवरोध गर्न खोज्नुनै आपत्तीजनक रहेको छ । मेयर पराजुलीले भने, ‘नागरिकले आफ्नो घर जान पाउनु पर्ने होइन र? यहाँ संघ र प्रदेश सरकारले समस्यामा परेकालाई हेर्नुपर्नेमा महानगरले उद्धार गर्दा समेत अवरोध सृजना गर्नुनै खेदजनक छ । यहाँ त महानगरलाई धन्यवाद दिनुपर्ने हो ।’

काठमाडौंबाट विभिन्न जिल्लामा सर्वसाधारण पठाउने अनि विराटनगरबाट पुगेकालाई चाही फर्काउने सन्र्दभ नमिल्दो हुने उनको भनाई छ । अन्यस्थानबाट आएकाहरुलाई समेत दैनिक महानगरले स्क्रिनिंग गरेर होम क्वारेन्टाइनमा महानगरले ब्यवस्था गरिरहेको बताएका मेयर पराजुलीले भने, ‘काठमाडौं प्रशासनले ब्यवहार गर्न जानेन् । कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति हुनुहुदैन ।’
‘यस्तै प्रवृत्ती प्रस्तुत गर्ने हो भने, महानगरको गेटमा बसेर आएका सबैलाई रोक्दै पठाउन थालियो भने के होला? सरकारले कम्तीमा पठाएकालाई ब्यवस्थित बनाएर घरसम्म पुराउनसक्नुपर्छ,’ मेयर पराजुलीले भने ।

त्यसैगरि, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष बाबुराम कट्टेलले यात्रुहरुलाई सविधा पूर्वक पठाइएको जानकारी दिए । कटट्ेलका अनुसार काठमाडौं हिडेका अधिकांश यात्रु आ–आफ्नो घरसम्म पुगिसकेका छन् ।

महानगरले आइतबार विभिन्न ७ वटा बसमा करिब १ सय ९० जना यात्रुलाई स्क्रिनिंग, सेनेटाइजर, मास्क, स्वास्थ्य जाँच गराएर पठाएको हो । यद्धपी, काठमाडौं प्रशासनले सोमबार नागढुंगामा रोकिएका करिब ६० जना लाई फिर्ता पठाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर