animated ellipse animated ellipse

मोरङमा ५(१) काँग्रेसका गयानन्द मण्डल निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०७९, मंगलवार २१:३०
279
Shares
विराटनगर /मोरङको क्षेत्र नं. ५९१० मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् ।

१४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता खोलेको हो ।

नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन् । एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । राप्रपाका सोनलकुमार गुप्ताले १ हजार ९ सय मत ल्याएका छन् ।

मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्नेै जनाएको छ ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेशसभामा निर्वाचित भएका मण्डल काँग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर