RUMPUM
animated ellipse animated ellipse

विराटनगर-जोगवनी भन्सार नाका कडाइ र त्यसका आयामहरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०८०, मंगलवार १७:२५
5.72k
Shares
बसन्त अधिकारी
बसन्त अधिकारी
सस्तोसामान खरिद गर्नको निम्ति विराटनगर लगायत आसपासका मानिसहरु जोगवनीको बजार जाने भएकोले विराटनगरको बजार सुकेको र जोगवनीको बजार फस्टाएको भन्ने निक्योल निकाल्दै विराटनगर महानगरपालिकाले २०८० श्रावन १ गते देखि विराटनगरभन्सार नाकामा कडाइ गरेको छ ।

स्वदेशमै सामान खरिद गरौ र स्थानिय बजारलाइ प्रबर्धन गरौ भन्ने आशय राखेर भन्सारमा कडाइ गरेको यो निर्णय राम्रो सुनिएपनि यस निर्णयले नागरिकहरुलाई सस्तोमा सामान किनेर खानबाट बन्चित गराई महँगोमा सामान खरिद गर्न बाध्य बनाइ सर्वसाधारणहरुको थोरै भएपनि बचत खोस्ने छ भन्ने मेरो बुझाइ छ ।

निसन्देह पनि स्वदेशको उत्पादन र बाजारलाई प्राथमिकतामा राख्नु राम्रो हो तर बुझ्नु पर्ने कुरा के हो भने मानिसको आफ्नो गोजीको पैसा खर्च हुने अवस्थामा सायदै भावनामा बगेर निर्णय लिन्छन, त्यसबेला उनीहरु आफ्नो स्वविवेकको प्रयोग गर्दछन, चाहे त्यो पढे लेखेको मानिस हुन्, अथवा अनपढ नै किन नहोस ।

किन विराटनगर तथा आसपासका मानिसहरु सामान खरिद गर्न जोगवनीतर्फ जान्छन होला त ? जवाफ स्पस्ट छ, किनकि विराटनगरको बजार भन्दा जोगवनीमा सामानहरु सस्तो पाइन्छ । किन जोगवनीको बजारमा सामान सस्तो पाइन्छ? किनकि त्यहाँ बस्तु तथा सामान उत्पादन हुन्छ र त्यहाको सामानमा नेपालमा लाग्ने भंसार दस्तुर लागेको हुदैन जसकारण सस्तो पर्दछ । जब कि यहाँका ब्यापारीले त्यहि सामान नेपाल भित्र्याउदा थप भन्सार बुझाउनु पर्ने हुन्छ, जसले बस्तु तथा सामानको मूल्यलाइ बढाई दिन्छ र पारि सस्तोमा पाउने त्यहि सामान उपभोक्तालाई नेपालमा महँगो पर्न जान्छ ।

नेपोलियोन बोनापार्ट भन्दछन, मानिसहरुलाइ उत्प्रेरणा या डरले कुनै पनि काम गर्नको निम्ति निर्देशित गर्दछ । अधिकांस मानिसलाई विराटनगरको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा भन्दा जोगवनिको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा छ, किनकि त्यहाँ समान खरिद गर्दा केहि रकम सस्तो पर्न गइ बचत हुन पुग्दछ । न्यून आय भएका मानिसहरुलाई त्यो बचत रकमले ठुलो महत्व राख्दछ ।

राज्यसँग बल र हिँसा प्रयोग गर्न पाउने एकाधिकार हुन्छ सो अधिकारको प्रयोग गरि राज्यले आफ्ना नागरिकहरुलाई जोगवनी बजारबाट भित्र्याउने समानमा कर लादेर होस वा बल प्रयोग गरेर भएपनि बोर्डर पारिबाट सामान ल्याउने प्रवृतिलाई निरुत्साहित गर्न सक्दछ । पारिको बजारबाट खरिद गरेको सामानलाई अतिरिक्त कर लाग्ने हो भने यता र उताको सामानको मूल्य उस्तै उस्तै पर्न जान्छ, जसकारण मानिसहरुलाई जोगवनी सामान खरिद गर्न जाने कुनै उत्प्रेरणा रहदैन । यस अवस्थामा मानिसहरु विराटनगरको बजारमा चाहेर वा नचाहेर सामान खारिद गर्न बाध्य हुन्छन जबकि स्वतन्त्र बजारमा व्यापारिक लेनदेन बाध्यात्मक नभएर नितान्त स्वेच्छिक हुन्छ,जुन आम मानिसहरुको हितमा छ ।

राज्यले आफ्नो सिमा परिधि भित्र आफ्नो नीति, नियम कानुन लागु गर्ने अधिकार राख्दछ तिर राज्यको सबै नियम कानुनले सबैको हित गर्दछ भन्ने हुदैन । विराटनगरको भन्सार कडाइ गर्न नीतिले विराटनगरको ब्यापार र ब्यापारीलाई केहि राहत मिले पनि आम उपभोक्ताहरुको भने सायदै हित हुने देखिन्छ । मेरो बुझाइमा असल सार्वजनिक नीति त्यहि हो, जसले धेरै भन्दा धेरै मानिसहरुको हित गर्दछ, न कि न कि केहि सिमित मानिसहरुको ।

कुनै पनि नीतिगत निर्णयका द्रिस्य र अदृस्य पक्ष रहेका हुन्छन । महानगरको भन्सार कडाइ गर्ने निर्णयको देखिने पक्ष भनेको यसले विराटनगरको अर्थतन्त्रलाई चलायमान बनाइ यहाँको ब्यापार र ब्यापारीको हित गर्दछ भन्ने हो तर यस निर्णयले विराटनगरलगायत आसपासका मानिसहरुलाइ सस्तोमा सामान खरिद गर्नबाट बन्चित गराई बढी रकम तिर्न बाध्य बनाउने छ । साथै पारीको तुलनामा नेपालमा बस्तु तथा सामानको मूल्य महँगो पर्ने हुदा अबैध (कर छली गरेको) सामान नेपाल भित्राउने उत्प्रेरणालाइ झन बढाई दिन्छ ।

मानिसहरु त्यहि कानुन मान्दछन, जुन कानुनमा नैतिक आधार हुन्छ, जुन कानुनमा नैतिक आधार हुदैन, मानिहरु त्यो कानुनलाइ कुनैपनि हालतमा मान्दैनन । अन्तत त्यो कानुन जबरजस्ती लागु गर्नु पर्ने हुन्छ, जुन कानुनलाई तोड्न मानिसहरु पछि हट्दैनन । बोर्डर पारि सामान सस्तो पाइने भएकोले जोगवनीबाट २ किलो दाल, चिनी, मसला र तेल ल्याएर खपत गर्ने कुरालाई कसैले पनि ठुलो अपराध गरेको ठान्दैन र सस्तोमा आफ्नो आवस्यकताका सामान खारिद गर्नु अपराध पनि हैन । यदि नेपालतर्फ नै सुपथ मुल्यमा ति सामानहरु पाउने भएको भए सायदै किनमेल गर्न हामि मध्ये कोहि पारि जाने थिए ।

बोर्डर खुल्ला भएपछि मानिसहरु सहज रुपले आउजाउ गर्न सक्छन, जसकारण मानिसहरु पारि गएर सस्तो सामान किनेर ल्याउदछन, यसले यताको व्यापारीहरुलाई अवस्य पनि असर पर्दछ । यो स्थितिलाइ रोक्न बोर्डरलाइ पूर्ण रुपले बन्द गरिमानिसहरुको आवत–जावतमा विशेस निगरानी राख्ने व्यवस्था हुनुपर्दछ, जुनकुरात्यति सहिजोदेखिदैन ।

दोस्रो तरिका भनेको नेपाली नागरिकहरुले बोर्डर पारिबाट खरिद गरि ल्याएको सामानलाई धेरै भन्दा धेरै कर लगाउने, जसले उनीहरुमा पारिबाट समान खरिद गर्न कुनै उत्प्रेरणा रहने छैन । (जुन अहिले लागु गर्न लागिएकोनिर्णय हो) । यसले नेपालको ब्यापारलाई राहत त मिल्छ तर आम सर्वसाधारणहरु महंगीको मारमा पर्नेछन जसले धेरै भन्दा धेरै मानिसहरुको बचतलाई खोसिदिन्छ ।

तेस्रो उपाय भनेको स्वयं ग्राहकहरु सचेत भइ बोर्डर पारिको बजार नगएर विराटनगरको बजारमै सामान खरिद गरि स्थानिय ब्यापार प्रबर्धन गर्नको निम्ति सहयोग पुर्याउनु हो, तर यसो गर्न सायदै ग्राहकहरु उत्प्रेरित होलान ।

चौथो उपाय भनेको बोर्डर पारिबाट नेपाल भित्रिने बस्तु तथा समानमा न्युनतम भन्सार शुल्क लगाउने नीति लिने, जसले बस्तु तथा समानको मूल्य लागत कम पर्न गइ झन्डै पारि कैमूल्यमा नेपालका ग्राहक तथा ब्यापारीले खरिद–बिक्रि गर्ने अवसर प्राप्त गर्नेछन , यो सबैभन्दा व्यवहारिक नीति देखिन्छ ।

हामि नेपाली अरु माथि धेरै परनिर्भर बनेको अवस्था छ , हाम्रा नीति निर्माण तह र तप्काका सासक र राज्य सेवकहरुले नेपालमा नै उद्यम र ब्यापार फस्टाउने सहज नीति अंगाली उत्पादन र रोजगारीलाइ बढावा दिन सकेको खण्डमा नेपाली नागरिक तथा बजारको हित हुने थियो । अहिलेको विश्व आत्मनिर्भर भन्दा पनि अन्तरनिर्भरतामा आधारित छ । बाहिरि मुलुकहरुले हामिलाई सस्तोमा सामान उपलब्ध गराउनु भनेको हाम्रो अहित हुनु हैन । यदि त्यहि बस्तु तथा सामान नेपालले उत्पादन गर्दा बढी मूल्य पर्न जान्छ भने अरुबाट सस्तो बस्तु तथा सामान खरिद गरि आफ्नो सबल क्षेत्रमा उद्यम र ब्यापारको बिकास गर्न पहल गरि बाहिरि देशलाई आफ्नो बस्तु तथा सेवा माथि निर्भर बनाउन सकेमा नेपाल र नेपालीको हित हुने देखिन्छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर