animated ellipse animated ellipse

शैलजा आचार्य स्मृति पोलिटेक्निक १९ औ वर्षमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७७, शुक्रबार १८:०२
486
Shares
विराटनगर / शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो स्थापना दिवसको १९ औ बार्षिक उत्सव मनाएको छ ।

आज कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानिय वुद्धिजिवीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले पोलिटेक्निकका लागि आबश्यक सवैखाले सहयोग गर्न तयार रहेको बताए । उनले ग्रामिण जनताका लागि बहुमुल्य निधिकारुपमा रहेको पोलिटेक्निकवाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए ।

कलेजकी अध्यक्ष मीता आचार्यले संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् ।उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना शिक्षाको माध्यमवाट पूरा गर्न आफु लागिरहेको बताइन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर