animated ellipse animated ellipse

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता एभरेष्ट भट्टराई प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७९, मंगलवार १८:३६
630
Shares
विराटनगर / अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता एभरेष्ट सेकेण्डरी स्कुलका इशल भट्टराई प्रथम भएका छन् ।

विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका भट्टराई प्रथम भएका हुन् ।

विराटनगरस्थित विकल्प–एन अल्टरनेटिभले आयोजना गरेको प्रतियोगितामा बूढानिलकण्ठ स्कुलका छात्रा शिरिन भट्टराई द्वितीय, सेन्टजोसेफका जयश कर्ण तृतीय र आदर्श माविका युनिश नेपालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेताहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र अर्थशास्त्री डा. भेषप्रसाद धमलाले पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै उद्यमशीलताका विषयमा सोच्नुपर्नेमा जोड दिए । स्वदेशमा रोजगारी सिर्जना नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको भन्दै उनले उद्यम व्यवसायमा लागेर स्वरोजगार हुन सकिने चर्चा गरे । उपमेयर कार्कीले नेपालमा थुप्रै अवसर भएको बताइन् । उनले नेपालमै केही गर्छु भन्ने हिम्मतका साथ अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गरिन् । विकल्पका वसन्त अधिकारीले विद्यालयस्तरदेखि नै उद्यमशीलताका विषयमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर