विराटनगरसँग जोडिएको नाका ‘रानी नाका’ आजदेखि आवतजावतका लागि खुल्ला

खबर पूर्वाञ्चल, २७ श्रावण २०७८, बुधबार १८:००

विराटनगर / कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला भएको छ ।

भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको हो ।

मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकामा आजदेखि आउजाउमा खुल्ला गरेको हो । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सो नाका २०७६ साल चैत ११ गतेदेखि बन्द गर्दै आवतजावतमा रोक लगाउँदै आएका थियो ।

मोरङमा यात्री आउजाउ गर्ने एकमात्रै नाका रानी मात्रै हो । मालवस्तु ढुवानीसँगै यात्री आउजाउ गर्ने रानी नाकाबाट भन्सार कार्यालय बुधनगर सरेपछि केहि समस्या भएको थियो । कोरोना संक्रमणसँगै मुख्य नाकाबाट आउजाउ बन्द गरिएपछि सहायक नाकाबाट आउजाउसँगै अवैध कारोबार बढ्दै गएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले सहायक नाकाबाट आउजाउमा कडाई गरेर मुख्य नाकाबाट प्रवेश गराउने बताए । उनले हल्थ डेस्क समेत रहेका कारण प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सहज हुने भएकोले रानी नाकाबाट पैदल यात्री आउजाउ खुल्ला गरिएको बताए ।

आजदेखि रानी नाका हुँदै भारत जाने र भारतबाट फर्कन नागरिकले सक्ने भएका छन् । जाने र आउनेका लागि अलग अलग रुटको व्यवस्था मिलाइएको छ । रानी नाका मानिसको लागि खुल्ला गरिएपनि सो नाका प्रयोग गरेर कुनै प्रकारका सवारी साधन प्रवेश भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५