RUMPUM
animated ellipse animated ellipse

ठुलो परिणामको लागुऔषधसहित ३ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ बैशाख २०७७, आईतवार १५:०३
3
Shares
सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नहरचोकबाट ठुलो परिणामको लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपलिका ३ का राजकुमार मण्डललाई ३ हजार ८ सय ४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डिसी तथा १६ हजार ७ सय नगद र १ थान मोवाइलसहित पक्राउ गरेको हो ।

प्रदेश१(०२(०४०(प ।५३२७ नम्वरको मोटरसाईकलमा सवार रहेका मण्डल नहर चोकमा उक्त परिणामको लागुऔषधसहित पक्राउ परेका हुन् । यसैगरी को २२ प ७३५३ नम्बरको मोटरसाईकलमा उक्त लागुऔषध खरिद गर्न आएका धरान उप(महानरपालिका(८ का २७ बर्षीय अजय श्रेष्ठ र धरान उप(महानरपालिका(५ का २८ बर्षीय अर्जुन कार्की पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार ५ सय १० र मोवाइल २ थान बरामद गरेको छ । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर