AArya
RUMPUM
animated ellipse animated ellipse

टिपरको ठक्करबाट एक जनाको मृत्यु, आक्रोशित भीडले टिपरमा आगजनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८२, सोमबार १८:५६
63
Shares
विराटनगर/ विराटनगर – २ स्थित तीनपैनी चोकमा आज साँझ टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ कटहरी गाउँपालिका १ का ७६ वर्षीय सुदीशनारायण झा रहेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटलमा सवार झाको  को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको दिएको थियो । उनको घटनास्थलमा मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए । आक्रोशित भिडले टिपरमा आगजनीसमेत गरेको छ । आगोले टिपरको अगाडिको भाग जलेको छ । प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएका कारण टिपर पूर्णरूपमा जल्न पाएन । टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर