खबर पूर्वाञ्चल
विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भई फानलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले अर्किड कलेजलाई ३० रनले पराजित गरि फानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेका थियो । जस्मा निशान्त यादवले ४३ रन बनाउँदा कृतिक कामतले ४१ रन बनाए । अर्किडका सवाजुल आलम र यूवराज मगरले समान १–१ विकेट लिए ।
१ सय २३ रनको चुनौती पाएको अर्किडले १८ दशमलव ३ बलमा सवै विकेट ९२ रनमा सिमित भयो । जस्मा साहिल शेखेले २६ रन जोड्दा सम्साद आलम अििवजित २१ रन जोडे । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामतले ३ विकेट लिँदा मनिष मण्डल, महमद समेहेल र राज वर्माले समान २–२ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले भानु कलेजलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६४ रनको योगफल बनाएको थियो । जस्मा नुर अहमदले ६२ रन बनाउँदा सागर मोचीले ५७ रनको इनिङ खेले । भानुका सुवास राँय, राहित कामत र रोहन शर्माले १–१ विकेट लिए ।
१ सय ६५ रनको चुनौती पाएको भानुले १३ ओभरमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । जस्मा महमद जावेदले १४ रन जोडे । अरनिकोका अमर यादवले सर्वाधिक ६ विकेट लिए ।
त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा अर्किड र कान्तिपुर कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा अर्किड कलेजले मोडर्न एरा स्कुललाई १–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको एक मात्र गोल अर्किडका सागर विश्वकर्माले गर । खेलमा म्यान अफ द म्याच मोडर्न एराका नविन माभफी घोषित भए ।
दोस्रोे खेलमा कान्तिपुर कलेजले नेशनल एकाडमीलाई ५–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । कान्तिपुरका म्यान अफ द म्याच विजय उराँवले २ गोल तथा युनिस मगर, आदित्य राना मगर र आयुस राईले १–१ गोल गरे ।
त्यस्तै आजै भएको छात्र भलिबलमा मोडर्न एरा र कान्तिपुर विजयी भई फानमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा मडर्न एराले रेड स्टारलाई २५–२१ र २५–१६ र २५–१७ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका पेशल राई घोषित भए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१२ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका सुदिप राई घोषित भए ।
त्यस्तै छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा कान्तिपुरले ज्ञालेक्सी कलेजलाई २६–२४ र २५–२५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरकी तुलसा राई घोषित भइन् ।
दोस्रो खेलमा अर्किड कलेजले रेड स्टारलाई २५–२०, १५–२५ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडकी रोसिका बराइली घोषित भइन् ।
त्येसैगरि आजै भएको कवडीमा मोडर्न एरा,सिद्धार्थ, र शिक्षादिप विजयी भई सेमिफानलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा मोडर्न एराले कान्तिपुरलाई ३९–३५ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका आसिष यादव घोषित भए ।
दोस्रो खेलमा सिद्धार्थ स्कुलले विद्या भुमी स्कुललाई ४४–२७ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिद्धार्थको निराजन मण्डल घोषित भए ।
।
तेस्रो खेलमा शिक्षदिप कलेजले कुद्ध कलेजलाई ६५–४१ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका सुवासचन्द्र यादव घोषित भए ।
आजै भएको बास्केट बलमा शिक्षादिप कलेज र विकेभिएम विजयी हुँदै फाइलनमा प्रवेश गरेको छ ।
पहिलो खेलमा शिक्षादिपले अरनिको कलेजलाई २४–१८ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका कविस केसी घोषित भए ।
दोस्रो खेलमा विकेभिएमले सगरमाथा कलेजलाई ५४–३३ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विकेभिएमका जुडानन्द यादव घोषित भए ।
त्यैसैगरि आजै टेवल टेनिसको पहिलो चरणको खेलहरु सकिएको छ ।