RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी आगलागी घटनामा थप दुई जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०८०, बिहीबार १३:२०
315
Shares
विराटनगर/मोरङको उलाबारी आगलागी घटनाका थप दुई घाइतेको मृत्यु भएको छ ।

लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहाल र सोही स्थानका ४२ वर्षीय कुमार तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो । यसअघि आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो ।

स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो। त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए।

सो आगलागी घटनाका ६ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर