खबर पूर्वाञ्चल
आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएपछि चौतर्फी आलोचना भएपछि तस्वीर हटाएको हो। अहिले उनको र जनार्दन शर्माको फोटो हटाएर अध्यक्ष प्रचण्डको एकल तस्वीर राखिएको छ।
घिसिङले समेत आफूलाई कुनै जानकारी नदिएर तस्वीर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएपछि अध्यक्ष प्रचण्डले घिसिङको तस्वीर हटाएका हुन्। प्रचण्डको फेसबुक पेजबाट सार्वजनिक भएको पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखिएको थियो।